var adfly_advert = 'banner';

नातिनातिना काँधमा हालेर विद्यालय



वर्षीया झुपुरी महरा प्रत्येक दिन बिहान साढे आठ बजे नातिनीलाई प्रारम्भिक बाल विकास केन्द्रमा पुर्‌याउन तयार हुन्छिन् । कहिले काँधमा हाल्दै, कहिले काखमा बोक्दै, कहिले पिठ्यँमा राख्दै त कहिले डोहोर्‌याउँदै हिँड्दा उनलाई विद्यालय पुग्न करिब डेढ घन्टा लाग्छ ।

नातिनी पुर्‌याएर घर फर्कनु, लगत्तै विद्यालय पुगेर पुनः फर्कनुपर्दा दिनभर हिँड्नुपर्छ । त्यो उपक्रम उनको वृद्ध कायाका लागि असम्भव छ । जंगल, खोला, भीर र अनकन्टार पहाडी बाटो छिचोलेपछि फेरि घर फिर्नु कठिन हुने भएकाले घन्टौं विद्यालय परिसरमा बसेर नातिनी लिएर उनी साँझ घर फर्कने गरेको समाचार अन्नपूर्ण पोष्टले छापेको छ ।

झुपुरीकै छिमेकी सिद्धेश्वर गाउँ विकास समिति ७ का ६५ वर्षीय रामसिंह महरा पनि उकालोओरालो गर्दै विकट पहाडी बाटोमा तीन वर्षीय नाति लोकेशलाई लिएर विद्यालय आउजाउ गर्छन् । सिगास उच्च माध्यमिक विद्यालय पाटनमा रहेको प्रारम्भिक बाल विकास केन्द्रमा नाति पुर्‌याएपछि फेरि घन्टौं हिँडेर नाति लिनै विद्यालय पुग्नु सम्भव नहुने रामसिंहको भनाइ छ ।

सरकारले बालमैत्री स्थानीय शासन कार्यक्रम लागू गरेपछि गाउँ विकास समिति, नगरपालिका र जिल्ला विकास समितिले पूरा गर्नुपर्ने ३९ सूचकमध्येको एक प्रारम्भिक बाल विकास केन्द्रमा बालबालिकालाई अनिवार्य भर्ना गरी अध्यापन गराउनुपर्ने भएपछि जिल्लाको सिद्धेश्वर गाविसका वृद्धवृद्धा आआफ्ना नातिनातिना बोकेर विद्यालय धाउन थालेका हुन् । सरकारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत आर्थिक वर्ष २०६८र६९ देखि स्थानीय निकायलाई बालमैत्री घोषणा गर्न कुल बजेटको १५ प्रतिशत बजेट छुट्याउनैपर्ने र ३९ वटा सूचक पूरा गर्नुपर्ने नियम बनाएको छ ।

उकालोओरालो र भीरपाखा ओहोरदोहोर गर्नु वृद्धवृद्धाका लागि निकै झन्झटिलो काम हो । तर उमेरले सात दशक कटेकी वृद्धा झुपुरी नातिनीको पढाइकै लागि यति ठूलो बोझ झेल्न तयार छिन् । उनले भनिन्, ‘नातिनातिना नै सम्पत्ति हुन्, यिनका लागि केही गर्नुछ । काँधमा नाति बोकिरहेका वृद्ध रामसिंह भन्दै थिए, ‘केही वर्षअघिसम्म चार, पाँच वर्षको भएपछिमात्र विद्यालय पठाउँथ्यौं अब त्यसरी हुँदैन । अहिले नातिनातिना बोकेर विद्यालय जाने जागिर पाएका छौं ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment