var adfly_advert = 'banner';

हरेक वर्ष ८ हजार किमी पौडी खेलेर आफ्नो विशेष साथीलाई भेट्न आउँछ यो पेन्ग्विन


यदि कसैका कारण तपाईंको जीवन बचेको छ भने ती व्यक्तिको उपकार तपाईंले जिन्दगीभर पनि बिर्सनुहुन्न । यस्तो सोच मानिसहरुमा मात्र नभई जनावरमा पनि पाइएको छ । यदि विश्वास लाग्दैन भने यो पेन्ग्विनलाई हेर्नुहोस् जो हरेक वर्ष ८ हजार किलोमिटर यात्रा गरेर ती व्यक्तिलाई भेट्न आउँछ जसले सन् २०११ मा उसको ज्यान बचाएका थिए ।५ वर्ष पहिले ब्राजिलका माझी जोआ पेरिरा डि सुजा, ७१, ले एक सानो पेन्ग्विनलाई मर्न लागेको अवस्थामा भेटेका थिए । शरिरभरी तेल लागेको र मृत्युको नजिक पुगेको यो पेन्ग्विनलाई ढुङ्गामा सुतिरहेको अवस्थामा स्थानीय समुन्द्रको तटमा भेटेका थिए ।जाओले तत्काल पेन्ग्विनको प्वाँखबाट सारा तेल सफा गरिदिए र ताकतका लागि उनलाई दैनिक माछाको खुवाए । त्यसपछि उनले नै त्यो पेन्ग्विनको नाम राखिदिए, डिन्डिम ।उनी भन्छन्, भेटेको एक वर्षपछि उनले त्यो पेन्ग्विलाई समुन्द्रमा छोड्न प्रयत्न गरे । तर, त्यो जान मानेन । ‘त्यो पेन्ग्विन मसँग ११ महिना बस्यो ।
शरिरमा नयाँ प्वाँख पलाएपछि त्यो बेपत्ता भयो,’ जोआले सम्झिए ।मेट्रो डट कम का अनुसार त्यसको एक वर्षपछि डिन्डिम फर्कियो । समुन्द्रको तटमा आफ्नो ज्यान बचाउने माझीलाई देखेपछि उनलाई घरैसम्म पछ्यायो ।विगत पाँच वर्षदेखि वर्षको आठ महिना डिन्डिमले जोआसँग समय बिताउने गर्दछ । आफ्नो ज्यान बचाउने व्यक्तिसँग पुर्नमिलनका लागि डिन्डिमले ८ हजार किलोमिटरको यात्रा गर्ने गरेको विश्वास गरिन्छ । ‘मलाई यो पेन्ग्विन मेरो आफ्नै सन्तान जस्तो लाग्छ । मलाई यसको औधी माया लाग्छ र यसले पनि मलाई उत्तिकै माया गर्छ भन्ने मलाई विश्वास छ,’ जोआले ग्लोबो टिभीलाई बताए । ‘यसलाई कसैले पनि छोएको मन पर्दैन । कसैले छोएमा यसले ठुङ्छ । तर यो मेरो काखमा बस्छ, मैले नुहाइदिदा, ख्वाउँदा र बोक्दा निकै आनन्द मान्छ र चुप लागेर बस्छ ।’‘सबैले मलाई यो अब फर्केर आउँदैन भन्छन् तर विगत पाँच वर्षदेखि यो नियमित आइरहेको छ । यो प्रत्येक वर्ष जुनमा यहाँ आउँछ र फेब्रुअरीमा आफ्नो घर फर्कन्छ । र प्रत्येक वर्ष यसले मलाई निकै माया गर्छ र मलाई भेट्दा असाध्यै खुसी भएको जस्तो देखिन्छ ।’ग्लोबो टिभीका लागि अन्र्तवार्ता लिने जीव वैज्ञानिक प्राध्यापक क्रजिविस्किले इन्डिपेन्डेन्टलाई बताए, ‘मैले यस्तो घटना पहिले कहिले पनि देखेको थिइनँ । जोआले पनि पेन्ग्विनलाई आफ्नो घरको सदस्यको रुपमा हेर्छन् र सायद पेन्ग्विनले पनि ।’‘जब पेन्ग्विनले जोआलाई भेट्छ तब कुकुर निकै रमाएको बेलाजस्तै यसले मज्जाले पुच्छर हल्लाउँछ ।’स्रोत : रातो पाटि
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment