![]() |
झट्ट नाम सुन्दा आफैं हो कि भन्ने उनलाई लाग्यो । तर, विश्वस्त हुन सकेनन् । उद्घोषकले घोषणा गरिरहेको ग्राहक नम्बर ४९५४५ टिपे । त्यही नम्बर कान्तिपुरको ग्राहक बन्दा लिएको आफ्नो रसिदसँग भिडाए । त्यसपछि उनको खुसीले सीमा नाघ्यो– यो नम्बर उनकै थियो । यसरी सरोजकुमार श्रेष्ठ बने कान्तिपुरको दोस्रो करोडपति । कान्तिपुर पब्लिकेसन्सले सञ्चालन गरेको ग्राहक योजनाअन्तर्गत उनले बम्परमा शुक्रबार १ करोड रुपैयाँ जिते ।
पुख्र्यौली घर असन भए पनि हाल कलंकीमा भाडामा बस्दै आएका श्रेष्ठ मध्यमखालका व्यापारी हुन् । ‘मलाई चिट्ठा पर्ला भन्ने कहिल्यै लागेको थिएन, श्रेष्ठले हर्षित हुँदै भने, हजारौंमा आफैं परिएला भन्ने कल्पनाभन्दा बाहिरको कुरा थियो । उनी झन्डै सात वर्षदेखि कान्तिपुरका नियमित ग्राहक हुन् । कान्तिपुर पत्रिका पढ्ने उनको लत छुटेको थिएन । तर यस पटकचाहिँ नियमित ग्राहक बन्ने कि नबन्ने उनी दोधारमै थिए।
राष्ट्र बैंकका पूर्वजागिरे आफ्ना वृद्ध बुवा ध्रुबराम श्रेष्ठको जिद्दीलाई उनले टार्न सकेनन् । बुवाकै आग्रहमा यस पटक पनि नियमित ग्राहक बने । बुवाको सुझाव मानेरै मैले यस पटक निरन्तरता दिएको थिएँ, उनले भने, त्यसैबाट अप्रत्याशित उपलब्धि भयो । उनलाई भाग्यमा धेरै ठूलो विश्वास थिएन । चिट्ठा, पुरस्कार हात पर्ने कल्पनामा पनि उनलाई थिएन । तर शुक्रबारको साँझ सरोजले नसोचेको भयो । उनलाई एकै पटक करोड रुपैयाँ हात पर्यो । कान्तिपुर दैनिकबाट
![]() |

0 comments:
Post a Comment