var adfly_advert = 'banner';

मधेसी मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने



संविधान संशोधनलगायत माग पूरा गराउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छठसम्म पर्खने र त्यसपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

दसैंअघि नै संशोधन प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनमा विश्वस्त हुन नसकेको मोर्चाले सरकारलाई छठसम्म पर्खने निर्णय मोर्चाले गरेको हो ।

संविधान संशोधन विधेयक दर्ता नगराए छठ पर्व सकिनेवित्तिकै सरकारलाई दिएको समर्थन फिर्ता लिएर पुनः आनन्दोलन चर्काउने निष्कर्षसहित मोर्चाका नेता जुटेका छन्।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा दर्ता गर्न सरकारले ढिलाई गरेको आरोप लगाउँदै मधेसी मोर्चाले अब धेरै समय पर्खन ससक्ने बताएको हो ।

संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले धेरै समय पर्खिन नसक्ने बताउदै अब गम्भीर निर्णय गर्न बाध्य हुनेबताएको आजको राजधानी दैनिकमा खबर छापिएको छ।

संविधान संशोधन गर्ने सम्झौता भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार गिराएर मोर्चाले प्रचण्ड नेतृत्वको सरकार बनाउन सघाएको थियो ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment