![]() |
ढाँट्ने बानीले कतिपयलाई हैरान बनाएको हुन्छ । हैरान बनाउने यस्तो बानी छाड्न सजिलो भने छैन । साँच्चिकै ढाँट्न बन्द गर्नलाई यी उपाय उपयोगी हुन सक्छन् :
कारण सोच्ने
कुनै पनि समस्या समाधान गर्नुअघि यसको जरो पत्ता लगाउनुपर्छ । त्यसैले ढाँट्ने बानी भएकाहरूले कुन प्रयोजनका लागि आफूले ढाँट्ने गरेको छु भन्नेमा विचार गर्नुपर्छ । कुनै समस्याबाट बच्न, अरूलाई छकाउन अथवा रमाइलो गर्न आफूले ढाँट्ने गरेको छु भन्ने पत्ता लगाउनुपर्छ ।
किन छाड्ने भन्नेबारे सोच्ने
ढाँट्ने बानीले तपार्इंको बोलीको वजन घटाएको अथवा तपाईंलाई अरूमाझ हलुको र अपत्यारिलो बनाएको छ भन्ने विचार गर्नुहोस् । अथवा तपाईंको जीवनमा यस्तो बानीले के–कस्ता समस्या निम्त्याएका छन् भन्ने सम्झिनुहोस् ।
संकल्प गर्ने
ढाँट्ने बानी चुरोट, रक्सी, सुर्ती, ड्रग्सलगायतको अम्मल हो भन्ने सम्झिनुहोस् । ढाँट्ने अम्मल जसरी पनि छाड्नैपर्छ भन्ने संकल्प गर्नुहोस् । यसले तपार्इंलाई झुटो नबोल्न प्रोत्साहित गर्छ ।
चनाखो रहने
बोल्दै गर्दा झुटो बोली पो हालिन्छ कि भन्नेमा चनाखो रहनुहोस् । झुटो बोल्न लागेको थाहा भयो भने आफूलाई सम्हाल्नुहोस् ।
![]() |

0 comments:
Post a Comment