![]() |
केही दिनयता भारतीय सिमा नाकामा ढुवानीका साधन आवत जावतमा रोक लगाएको मोर्चाले दसैं र तिहारका लागिसमेत सामान आउन नदिने भएको हो ।
मोर्चा घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तराई–मधेसका जनताका लागि दसैं र तिहारभन्दा आफ्नो अधिकार ठूलो भएको बताए ।
सिंहदरबार र काठमाण्डुलाई झुकाउन आफूहरुसँग नाकाबन्दीबाहेक अरु विकल्प बाँकी नरहेको भनाइ उनको छ ।
‘हामीलाई अधिकार चाहिएको छ’, महतोले भने, ‘दसैं आओस् कि तिहार आओस् मधेसी जनताको माग पुरा नभएसम्म भारतबाट एक छटाक सामान पनि भित्रँन दिँदैनौं ।’
उनले दसैैं र तिहारको बहानामा सामान लिन आउनेलाई आगो लगाइदिने धम्कीसमेत दिए । ‘मधेसका जनता अधिकारका लागि लडिरहेका बेला पहाडमा दसैं र तिहारको खुसीयाली किन चाहियो ?’, महतोले भने, ‘कोही सामान लिने आयो भने हामी आगो लगाउन बसेका छौं ।’
महतोले शनिबारबाट मुख्य भन्सार नाका वीरगञ्जमा भइरहेको नाकाबन्दीको नेतृत्व आफूले गर्न लागेको जानकारी पनि दिए । प्रमुख दलले माग सम्बोधन नगरेसम्म नाकामै बस्ने र नाकामै खाने बताए ।
महतोले तराईका जनता आफ्नो अधिकारका लागि सडकमा आउँदा भारतीय उक्साहट देख्ने काठमाण्डुसहित पहाडका बासिन्दाको आँखाको पट्टी खुलाउन पनि दसैं र तिहारमा समेत नाका नखोल्ने निर्णय भएको बताए ।
उनले नाकाबन्दी भारतले नभई मधेसी जनताले गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला र भारतीय झण्डा जलाउने काम बन्द गर्न भने ।
भारतविरोधी गतिविधिको घाटा नेपाललाई नै हुने भन्दै उनले पहाडे राष्ट्रवादको नारा नलगाउन चेतावनीसमेत दिए ।
‘जुन रुपमा भारतविरोधी गतिविधि बढेको छ, त्यसले नेपालको हित गर्दैन’, महतोले भने, ‘मधेसी जनतालाई भारतीय देख्ने पहाडी राष्ट्रवाद घातक
- काठमाडौँ टुडे बाट
![]() |

0 comments:
Post a Comment