![]() |
फाइल तस्वीर
– नवराज श्रेष्ठ
रामेछाप, १३ असोज । जिल्लाको ग्रामीण भेगबाट सदरमुकाम आउन सर्वसाधारणले ज्यान नै जोखिममा राखी यात्रा गर्न बाध्य भएका छन् ।
ग्रामीण भेगको सदरमुकाम मन्थली जोडिने महत्वपूर्ण बाटोको रुपमा रहेको बिभिन्न सडकखण्डमा रहेका ठूला–ठूला खाल्डा सम्बन्धित निकायले मर्मतसम्भार नगर्दा सर्वसाधारण असुरक्षित यात्रा गर्न बाध्य भएका हुन् ।
नेपालीहरुको महान चाड विजयादशमी तिहार नजिकिदै गर्दा सडकका कारण यात्रुहरु मारमा परेका छन् । दशैका लागी सामान किनमेल गर्न ग्रामिण क्षेत्रबाट सदरमुकामसम्म आउँने सडकहरु खाल्डाखुल्डी र हिलाम्मे हुदाँ सर्वसाधारणको ज्यान जोखिममा परेको छ ।सहरी क्षेत्रबाट गाउँ चाड बाड मान्न आउनेलाई पनि सडकको कारण समस्या परेको छ ।
विशेषगरी रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट गाल्वा, दोम्बा, दिमीपोखरी, टोकरपुर जाने सडकको अवस्था दयनिय छ । सकडमा घण्टौँसम्म यातायताका साधनहरु फसेर बस्ने गर्दछन् । यसैगरी मन्थलीबाट बाम्ति, प्रिति जाने सडकको अवस्था पनि त्यस्तै छ । मन्थलीबाट साँघुटार र ओखलढुङ्गासम्म जाने सडकको अवस्थापन कमजोर रहेको यात्रीहरु बताउँछन् । काठमाडौँबाट काभ्रे हुँदै चौँरीबाट गाल्पासम्म आउने सडक पनि जोखिमपुर्ण रहेको छ । सो सडकमा केही समय अघि ३१ जना मानिसहरुले ज्यान समेत गुमाएका थिए ।
रामेछापका अधिकाँस ग्रामिण सडक बर्षाका कारण हिलाम्य हुदाँ सवारि आवत जावतमा समस्या भएको छ । भदौको अन्तिमदेखि परेको पानी अझै रोकिएको छैन । दशैँको लागि आउजाउ गर्ने मानिस र यातायात साधनको चाप बढेपनि सडकको मर्मत हुन सकेको छैन । दशैँअघि सडक मर्मत नगर्ने हो भने कुनै पनि बेला ठूलो दुर्घटना हुने खतरा बढ्दै गएको छ
![]() |

0 comments:
Post a Comment