var adfly_advert = 'banner';

प्रेम दाइ "यस्तो देशमा कस्तो भबिस्यको चित्र कोरेर बसौ म ?" प्रेम बाँनिया नाममा सुवास शर्माका यी दुई शब्द !



सहिलाई सहि र गलतलाई गलत देखाउन खोज्दा तिमीलाई केपिको झोले भनेर उपनाम दिए। स्वदेशी उत्पादनमा आत्मनिर्भर बन्न सन्देश दिन खोज्दा तिमिलाई खादा बिरोधि र धर्म बिरोधिको पगरी थमाईदिए। भारतीय दादागिरिको विरुद्धमा बोलेका तिम्रा आवाज देखि जलन भयकाहरुलाई खुसी दिलाउन Youtube बाट पनि तिम्रा आवाजहरु हटाईए।

स्वाभीमानका बारेमा पटक पटक बोल्यौ तिमी। तर दुखको कुरा, यो देशका जनता “स्वाभिमानमा” जिउँन भुलीसकेका छन र यस्ता कुरा जनतालाई पच्दैन भन्ने कुराको हेक्का रहेन तिमिलाई। त्यसैको परिणाम हो आज तिमीले देश छोड्नु परेको।
यो समाजमा टिक्नको लागि तिमी जस्ता स्वाभीमानका कुरा गर्ने पत्रकारको हैन, गुलामी गरेर आफ्नो ब्यक्तिगत स्वार्थ मात्र पुर्ती गर्न खोज्ने दिल निसानीहरु चाहिदो रहेछ दाई। त्यही दिल निसानी बन्न नचाहदाको परिणाम हो आज तिमीले देश छोड्नु परेको। -प्रेम बानियाँले देश छोड्दैमा यो देशलाई केही फरक पर्दैन होला, तर यो देश भित्र आफ्नो भबिस्य देखेका म जस्तै कैयन युवाहरुको मस्तिष्कमा ठुलै चोट पुगेको छ र सोच्न बाध्य भयको छु म। कुनै समय नागरिक मञ्चको यौटा कार्यक्रममा तिमिले नेतालाई सोधेको प्रश्न आज मैले तिमिलाई सोध्न मन लागेको छ । जवाफ देउ प्रेम दाइ “यस्तो देशमा कस्तो भबिस्यको चित्र कोरेर बसौ म ?”जहाँ सत्यको पक्षमा उभिदैन समाज। एकले अर्काको खुट्टा तान्न मात्र लागिपर्ने यो समाजमा हुर्किदै गरेकी मेरी छोरीको कस्तो भबिस्यको आसा गरेर बसौ म ?

Bye Bye प्रेम बानियाँ दाइ।
जहाँ, जुन ठाउँमा गयपनी जीवन सुखले बितोस। हजुरले देश छोडेपनि अब आउने पुस्ताले आफ्नो भबिस्य आफ्नै देशमा देख्न सकुन। अनि आफ्नै देशमा बस्न सकुन।मेरो मन अनि मस्तिष्कले ‘प्रेम बानियाँ’लाई सधैभरी एक असल, निडर र स्वाभिमानी सन्चारकर्मीको नामले

पुकारीरहने छ।

उहीँ तिम्रै प्रिय दर्शक।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment