var adfly_advert = 'banner';

नायिका सञ्चितालाई जादुगर महादेव त्रिपाठीले भने- ‘माँकसम निखिल दाई नभईदेको भए…’ (गसिप)

बिहिबार नेपाल प्रज्ञा भवन कमलादीमा ‘पावर अफ डान्स’को फाईनल कार्यक्रम उद्घाटन गर्नका लागी नायिका सञ्चिता लुईटेल र पुजना प्रधान त्यहाँ पुगेका थिए । बिशेष अतिथिको रुपमा रहेका यी दुई नायिका सँगै कलाकारको रुपमा जादुगर महादेव त्रिपाठीलाई पनि बोलाइएको थियो । कार्यक्रम अवधीभर लामो समय एउटै सोफामा बसेका जादुगर महादेव त्रिपाठी र नायिका सञ्चिता लुईटेल जब महादेव स्टेजमा पुगे तब दर्शकको अगाडि उनले सञ्चिताको तारिख गर्न थाले । अनि सँगसँगै ब्यंग्य पनि । सञ्चिताको सुन्दरताको तारिफ गर्दै महादेवले निखिल दाई निकै नै भाग्यमानि हुनुहुन्छ भन्दै माँ कसम निखिल दाई नभईदेको भए भनेर सबैलाई हँसाइदिएका थिए । कार्यक्रममा जादुगर महादेव त्रिपाठीले जादुसँगै अन्य कमेडी प्रस्तुती देखाएर उपस्थित दर्शकलाई हँसाएका थिए ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment