![]() |
आगामी नोभेम्बरमा पाकिस्तानको इस्लामाबादमा हुने सार्क सम्मेलनलाई लिएर विभिन्न टिका–टीप्पणी भइरहेका बेला नेपालले आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छ ।
पछिल्लो समय उरी घटनापछि भारत र पाकिस्तानबीच बढ्दो दूरीका कारण सार्क सम्मेलनमा सहभागी नभएर पाकिस्तानलाई एक्ल्याउने रणनीतिमा बुनिरहेको भारतलाई नेपालले साथ नदिने भएको हो ।
सार्क सम्मेलनमा सहभागी हुने वातावरण पाकिस्तानमा नभएको भन्दै भारतले सार्क अध्यक्ष भएको नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाममा नेपाललाई आफू सहभागी नहुने पत्र काटेको थियो । भारतको यस्तो निर्णयपछि बंगलादेश, अफगानिस्तान र भुटानले समेत भारतलाई साथ दिँदै आफूहरु पनि सम्मेलनमा सहभागी हुन नसक्ने बताएको थियो ।
सम्मेलनकै चर्चा चलिरहँदा भारतीय मिडियामा सार्कको अध्यक्षता गरिरहेको नेपालले भारतलाई साथ दिँदै सम्मेलन स्थगित गर्न लागेको भन्दै समाचार प्रकाशित गरेका थिए ।
तर, सबै अनुमान विपरित प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयलाई तठस्थ भएर विज्ञप्ति निकाल्न निर्देशन दिएपछि भारतलाई तनाब बढेको हो ।
भारत, बंगलादेश, अफगानिस्तान र भुटानले पाकिस्तानमा हुने सार्क सम्मेलनमा सहभागी हुने वातावरण नभएको भन्दै आफूहरु सहभागी नहुने बताएपनि नेपालले सम्मेलन स्थगित नगर्ने निर्णय गरेको हो ।
परराष्ट्रद्धारा जारी गरिएको विज्ञप्तिमा पाकिस्तानलाई सम्मेलन समयमै गर्न विश्वासको वातारण बनाउन आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सार्क राष्ट्रको अध्यक्ष भएको नाताले नेपाल सरकार तत्काल सार्क शिखर सम्मेलनमा गर्न का लागि सबै राष्ट्र सहभागी हुने वातावरण मिलाइयोस् भन्ने आग्रह गर्दछ ।’
स्मरण रहोस् कुनै एक देश सार्क सम्मेलनमा सहभागी नहुने भएमा सम्मेलन स्वतः स्थगित हुने नियम छ । तर, नेपालले तत्काल सम्मेलन स्थगित नगरेर सहभागी हने वातावरण मिलाउन आग्रह गर्दै पाकिस्तानलाई सार्कबाट एक्ल्याउने भारतीय रणनीतिप्रति धावा बोलेको हो ।
![]() |

0 comments:
Post a Comment