![]() |
किन हो किन । औंलाको टुप्पो चिलाउन थाली हाल्छ । फेरी त्यसै पनि आफ्नो वारीपारी हुने घटनाहरुलाई नियालेर हेर्ने मेरो पुरानो स्वभाव त्यसै क्रममा आज त आफै सित सोधे । धर्म के हो, भगवान कहाँ छ अनि धर्म र भगवान माथि प्राणीको विश्वास, आडभरोषा कति सम्म उचित हुन्छ वा भगवान आफ्नै दायित्व के हो ? आदि– इत्यादी । एक्लै घोरिएर बसे । धेरै बेर सम्म सोचे । यता आधा बट्टा चुरोट पनि तानी सकेको रहेछु । म झंसग भए । एउटा पुरानो घट्ना (अतित) सम्झिन पुगे छु । मलाई लाग्यो यसैलाई कोट्याएर धर्म, भगवान र हाम्रो विश्वासलाई बुझ्ने, कोशिस गर्ने जमर्को गर्नु पर्दछ आज । ठ्यक्कै तीथि(मिति ख्याल भएन । केहि साल पहिलेको कुरा हो । बाइक चढ्ने रहरै रहरमा ‘yamaha entice bike’ किनेको थिए । आस्था राख्छु तर भगवान भरोषामा विश्वास त गर्दिन म । परिवार र साथीहरुको सुझाबले नयां गाडीको पुजा गर्नु पर्छ भन्ने संस्कार अनुरुप ठिकै छ भनेर बुटवल-पाल्पाको सिमानामा रहेको सिद्दबाबाको मन्दिरमा एका बिहानै पुजा गरियो । रुढीवादी परम्पराको समाज न हो । पुजा गरे पछि अप्रिय दुर्घटनाहरु भोग्न नपर्ला भन्ने लाग्यो । घर फर्किए । सायद त्यो बाइक किनेको ३र४ महिना पनि भएको थिएन र म सिकारु चालक पनि होइन । अचानक एक दिन बुटवलबाट दाउन्ने जांदै गर्दा माथिबाट झर्दै गरेको अर्को बाइकले म र मेरो साथी हरी चढेको बाइकलाई हान्यो । अन्ततस् पहिलो पटक भगवानको पुजा गरि चढेको मेरो बाइकले म र हरीको दांया खुट्टा भांचेरै छाड्यो । म चहिं पाल्पा मिसन अस्पतालमा ३२ दिन बस्नु पर्यो बाँकी पीडा कुरा गरि साध्य छैन । त्यति बेला भगवान कहां थियो? सवाल यहि हो ।
परिवारका अरु सदस्य सहित बृद्दा आमालाई तीर्थ गरि वारि फर्कदै गर्दा पुर्ब गृहमन्त्री माधव प्रसाद घिमिरेको दुखद सडक दुर्घटनामा पर्नु भयो । त्रिशुलीमा बेपत्ता धेरैको शब अझै सम्म पाउन सकेको छैन । सन २०१३ मा भारत को उत्तरखण्डमा पर्ने प्रसिद्दा मन्दिर केदारनाथमा आएको भयनाक बाढीका कारण हजारौ तिर्थालुहरुको मृत्यु भएको थियो भने कयौ बेपत्ता छन् । साउदीको मक्का मदिनामा त हरेक साल जस्तो सयौ तिर्थालुहरुले ज्यान गुमाई रहेको सबैलाई अवगत नै छ । यसरि वर्षेनी विश्व भरिका ठुला ठुला तिर्थस्थलहरुमा हजारौ तिर्था यात्रीहरु फरक फरक घटना–दुर्घट्नामा ज्यान गुमाई रहेका छन् । यहां आफ्ना भक्त तथा तिर्थालुहरु मरी रहँदा भगवान कहां थियो ? सवाल यहि हो ।
मुलुकको आर्थिक सम्मृद्दी र अमुल परिवर्तनको निमित्त दरिलो खाका कोर्ने अनि पुर्वधारहरु निर्माण गर्नु पर्ने समयमा यो देशका केहि बुज्रुक, बुद्दिजीवि र आफुलाई गन्ने मान्ने ठान्ने भ्रष्ट्र नेताहरु धर्म र भगवानलाई लिएर किन यति विघ्ना देशमा रडाको मच्चाई रहेका छन ? कोहि धर्म सापेक्षताको लागि रगतको खोलो बगाउने अभिव्यक्ति दिइ रहेका छन् भने कोहि धर्म निरपेक्षताको लागि । कोहि विकासका नाममा धर्म परिवर्तन गराउनको लागि कम्मर कसि रहेका छन् । सवाल यहि हो ।
म धर्म बिरोधी र भगवानमा आस्था नराख्ने व्यक्ति होइन तर यो कस्तो अनौठो जब आफ्नै भक्तहरुको संरक्षण गर्न नसक्ने तिम्रो भगवान र संबिधानमा धर्म सापेक्षताको संसोधन र परिवर्तन नै राष्ट्रको बिकास र आर्थिक सम्वृद्दीको पुर्वधार कसरी हुन सक्छ ? धर्म र भगवान अनि राजनीति र मुलुकको अमुल परिवर्तन सित के सम्बन्ध छ? अमुक धर्मको राष्ट्र हुदैमा के नेपालको बिकास चमत्कारिक रुपले परिवर्तन हुने हो र ? यदि हुदैन भने किन यति ठुलो धर्मको खेल खेल्दै छ र रडाको मच्चाउदै छ हाम्रो देशमा ?
यदि सांचो अर्थमा भन्ने हो भने मेहनत नै नगरि गरिब जनताले तिरेका कर, राज्यको ढुकुटीबाट सके जति निकालेर अकुत धन सम्पत्ति कमाउने थलो सिंहदरबार र त्यस भित्र मौलाएका लुटतन्त्रको निरन्तरता दिन कै लागि भ्रष्ट दलाल र संगठित समुहले योजना बद्दा रुपमा उठाइएको रडाको मध्येको एउटा एजेण्डा त होइन यो ? “हे भगवान म दुई दिन बढी बाँच्न चाहान्छु भनेर रुँदा कराउदा पनि बांच्न नदिने भगवान र अमुक धर्म के का लागी ? दुर्गम पहाड र हिमाली जिल्लामा अनिकालले लाखौ जनता भोकै मरी रहंदा नहेर्ने भगवान र अमुक धर्म के का लागी ? भगवान प्रति मेरो पुर्ण आस्था र विश्वास राख्दछु तर मलाई दुख्दा र चोट पर्दा “हे भगवान’ अथवा “0h my god” भन्छु तर उपचारको लागी म मन्दिरमा होइन अस्पतालमा पुग्नु पर्छ भने धर्म सापेक्ष राष्ट्र चाहियो किन ?
समग्रमा, पौने तीन करोड नेपाली जनता, उनीहरुको सुख, शान्ति र सम्वृदी कुनै धर्म विषेशमा होइन । मुलुकको दिगो विकास र अमुल परिवर्तनमा जोडिएको छ । त्यसको लागि अब मुलुकमा आर्थिक क्रान्तिको अति आवश्यक छ । दिगो विकासका लागि गहकिलो पुर्वधारहरुको खांचो छ । धर्म, भगवान र राजनैतिक परिवर्तनको होइन । न भगवान न त धर्म नै विकासका लागि पुर्वधार हुन सक्छ । “आंधीखोला एका तिर, झोलुङे पूल अर्को तिर भने जस्तो अब झिना मसिना विषयमा अल्झिनु नेपाली जनता र यहांका निरंकुश, भ्रष्ट शासकहरु सबैका लागि फाइदाजनक छैन र कदापि हुनै सक्दैन । यो ध्रुव सत्य हो ।
सबैलाई थाहा होस ।
![]() |

0 comments:
Post a Comment