![]() |
कलाकार तथा धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘र्धुमुस’ले सिन्धुपाल्चोकको गिरानचौरबासीसँग माफी मागेका छन् ।
गिरानचौरमा निर्माणधीन एकीकृत नमुनाबस्ती निर्धारित समयमै स्थानीय बासिन्दालाई हस्तान्तरण गर्न नसकेको भन्दै उनले माफी मागेका हुन् । दसैँको फूलपातीको दिन हस्तान्तरण गर्ने योजनाका साथ सुरु भएको बस्ती निर्माणकार्य मौसमले साथ नदिँदा समयमै निर्माण गर्न नसकेको कट्टेलले बताए ।
‘गिरानचौरमा सुन्दर बस्ती निर्माण कार्य अन्तिम तयारीमा पुगेको छ । निरन्तरको वर्षातका कारण समयमै बस्ती हस्तान्तर गर्न नसक्ने भएकाले आज म धेरै दुःखीत छुु, उनले भने, ‘आज म जीवनमा दोस्रो पटक धेरै रोएको छु, पहिलो पटक १२ वैशाखमा भूकम्प गएको दिन अमेरिकामा हुँदा देशको माया लागेर रोएको थिएँ ।’
ुनिर्माण सुरु गरेदेखि नै निरन्तर काम भइराखेको थियो । तर मौसमका कारण निर्धारित समयमा पुरा हुनसकेनु, उनले भने ‘म तपाईसँग कुरा गरिरहँदा फुटबल मैदान निर्माणका लागि काम गरिरहेको छु । पानीले हैरान बनाएको छ । कहिले सिमेन्ट बगाएर हैरान बनाउँछ । कहिले कामै गर्न सकिन्न ।’
उनले जीवनमा यति धेरै कहिल्यै पनि काम नगरेको बताए । ’फूलपातीको दिनमा काम नसके पनि दसैँ तिहारको बीचमा घर हस्तान्तर गर्छौु, उनले भने, ’अब फाउन्डेसनले एउटा सुन्दर बस्ती निर्माण गर्यो भन्दा फरक पर्दैन ।’ निर्माणधीन ६५ घरमध्ये नेपाली सेनाले ६ वटा बनाउने जिम्मा लिएको थियो ।
सेनाले रातदिन काम गरेर ५५ दिनमा निर्माण सम्पन्न गरेका छन् । बाँकी ५९ घर निर्माणको अन्तिम चरणमा रहेको उनले बताए । धुर्मुसले नेपाली सेनामा भर्ती हुने लक्ष्य पुरा नभए पनि सेनासँग काम गर्न पाएकोमा गर्ब लागेको बताए । निर्माण सकिएका ५ वटा भवनका लागि सैनिक श्रीमती संघले १४ लाख रुपैँया आर्थिक सहयोग गरेको थियो । स्रोत:कारोबार
![]() |

0 comments:
Post a Comment