var adfly_advert = 'banner';

अमेरिकामा रेल दुर्घटना, कम्तिमा एक सय जना घाइते,



होबोकन (न्युयोर्क), १३ असोज । न्युयोर्कबाट न्युजर्सीका लागि छुटेको रेल बिहीबार बिहान हेबोकनमा दुर्घटनाग्रस्त हुँदा एक सय जनाभन्दा बढी मानिस घाइते भएको अमेरिकी प्रहरीले बताएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको न्युजर्सी रेल स्टेसनका प्रवक्ता जेनिफर नेलसनले बताउनुभयो ।

एक प्रत्यक्षदर्शीका अनुसार एक जना महिला रेल र स्टेसनको पर्खालमा च्यापिएकी र उनको अवस्था गम्भीर रहेको छ । सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

स्थानीय समयअनुसार न्युयोर्कबाट बिहान ८ः४५ बजे भएको उक्त दुर्घटना के कारणबाट भएको भन्नेबारेमा छानबिन सुरु भएको प्रवक्ता नेलसनले बताउनुभयो ।

हेबोकन रेल स्टेसनबाट उक्त घटनापछि सम्पूर्ण रेलसेवा बन्द गरिएको छ

-
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment