![]() |
भारत पाकिस्तानबिच युद्धको बादल मडारिईरहेका बेला भारत र पाकिस्तानका सेलिब्रेटीहरु पनि केही तनावमा देखिएका छन् ।
भारतले सर्जिकल स्ट्राइक गरेपछि बढेको तनावपछि पाकिस्तानी सेलिब्रेटी क्रिकेटर शाहिद अफ्रिदीले वार्ताबाट मिल्न सक्ने कुरामा किन युद्ध गर्ने भन्ने प्रश्न गरेका छन् ।
उनले फेसबुकमा पाकिस्तान शान्तिप्रिय मुलुक भएको भन्दै पाकिस्तानले युद्ध नचाहेको जिकिर गरेका छन् । उनले भनेका छन् किन हामी यति ठूलो कदम चाल्ने जवकी कुरा वार्ताबाटै मिल्न सक्छ ।
त्यस्तै अफ्रिदीले अर्को ट्ववीट गर्दै भनेका छन् यदि दुई छिमेकी भारत र पाकिस्तान आपसमा लडे भने दुवै परिवारमा क्षति हुन्छ ।
भारत पाकिस्तानबिच देखिएको युद्धको संकेतपछि बलीउड अभिनेता सलमान खानले पनि यस अघि नै बलीउड प्रधानमन्त्री मोदीको बिर्ता नभएको आक्रोशपूर्ण प्रतिक्रिया दिएका थिए ।
जसले बलीउडमा हंगामा नै मच्चाएको थियो
![]() |

0 comments:
Post a Comment