var adfly_advert = 'banner';

१२ करोड रुपैयाँ लिएर व्यापारी परिवारसहित वेपत्ता



यहाँका एक व्यवसायी स्थानीयवासीवाट ऋणस्वरुप लिएको करोडौं रुपैयाँसहित फरार भएका छन् ।
स्थानीय क्याम्पस चोकस्थित दीप डेरी उद्योग र किराना पसलका सञ्चालक दीपक खड्का सपरिवार तीन दिनअघि फरार भएपछि आफूहरूको रकम डुबेको सोही ठाउँकी पीडित रुपा कुँवरले बताइन् ।



आफूले खड्कालाई ब्याजमा २० लाख ऋण दिएको कुँवरको भनाइ छ । खड्का स्थानीय बासिन्दाबाट चर्को ब्याजमा लिएको रकम र धितोमा बैंकबाट लिएको करिब १२ करोडसहित फरार भएको बताइएको छ । खड्काले भने आफ्नो डायरीमा आफूलाई स्थानीय शेखमुनिर नामका व्यक्तिबाट असुरक्षा भएको भन्दै विस्थापित भएर थाइल्यान्ड जानुपरेको लेखेका छन् ।

खड्का र शेखमुनिरबीच स्थानीय सर्वसाधारणबाट लिइएको ऋणमा मिटर ब्याजको विषयलाई लिएर विवाद हुने गरेको थियो । खड्काले डायरीमा आफ्नो सुरक्षाका लागि स्थानीय प्रशासनसँग गुहार मागेको भएपनि सुनुवाई नभएको गुनासो गरेका छन् । यद्यपि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले असुरक्षा भएको भन्ने खड्काको भनाइ गलत रहेको बताएका छन् ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment