![]() |
भारत र पाकिस्तानबीच बढेको तनावको असर नेपालमा पनि देखिएको छ । भारतले पाकिस्तानी सीमा क्षेत्रमा हाइ अलर्ट कायम राख्दै नेपालसँगको सीमा क्षेत्रमा समेत अलर्ट आदेश दिएको छ ।पाकिस्तानमाथि गरिएको भनिएको सर्जिकल स्ट्राइकपछि भारत सरकारले अन्य देशका सीमा सुरक्षा बललाई पनि हाइअलर्टमा राखेको हो । उत्तर प्रदेश सरकारलाई हाइ अलर्ट रहन निर्देशन दिइएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
भारत-नेपाल सीमामा सीमा सुरक्षा बल (एसएसबी)लाई सचेत रहेर खटिन निर्देशन दिइएको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।
नेपालसँगको सीमा क्षेत्रमा रहेका ऐतिहासिक महत्वका ठाउँ, पर्यटकीय क्षेत्र, रेल वे र बस स्टेसन, मलहरु, सपिङ कम्प्लेक्स र फिल्म थियटरमा सुरक्षा निकायलाई कडा निगरानी राख्न निर्देशन दिइएको अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यले जनाएका छन्।
![]() |

0 comments:
Post a Comment