![]() |
भारत र पाकिस्तानबीच युद्ध हुने अन्तिम संकेत देखिएको छ । उरी आक्रमणको बदला भन्दै भारतले पाकिस्तानको सीमा क्षेत्रमा सर्जिकल अपरेशन गरेपछि दुई देश युद्धको संघारमा पुगेका हुन् ।
पाकिस्तानी सैनिकको तस्विर ट्वीटरमा राख्दै मारियमले “पाकिस्तानका छोराहरु” भन्ने क्याप्सन पनि राखेकी छिन् । मारियमको ट्वीटरलाई भारतीय सञ्चार माध्यमले हेडलाइन समाचार बनाएका छन् । दुई देशबीच युद्धकको बादल मडारिएपछि सीमावर्ती गाउँका एक हजार गाउँ खाली गराइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । युद्धको संकेत देखिएपछि पञ्जाब र जम्मूमा सीमा क्षेत्रमा रहेका गाउँ खाली गराइएको हो । समुन्द्रमा गएका डुङ्गाहरुलाई पनि फिर्ता बोलाइएको छ ।
![]() |

0 comments:
Post a Comment