var adfly_advert = 'banner';

गगन थापाले गरे खुलेरै पुर्व प्रधानमन्त्री केपी ओलीको प्रशंसा -“उहा मुलुकको समस्या प्रति गम्भीर र चिन्तित एकमात्र नेता’



सत्तारुढ नेपाली कांग्रेसभित्र एक प्रभाबशाली समुहका रुपमा स्थापित भइरहेको कृष्ण सिटौला समुहले शुक्रबार संपादक र बरिष्ठ संचारकर्मीसँग राष्ट्रिय संकट र समाधानबारे परामर्श गर्यो ।


सहभागिहरुले शान्ति प्रक्रियामा सिटौला पुर्याएको योगदान चर्चा गरे, त्यसको प्रशंसा पनि गरे तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागि ठूलो पार्टी कांग्रेसको भूमिकामाथि एकपछि अर्को गर्दै प्रश्न उठाए ।


लोकमान कार्कीले समानान्तर सरकार चलाईरहेको भन्दै संचारकर्मी तथा एमनेष्टी नेपालका अध्यक्ष राजन कुइकेलले त्यसबारे कांग्रेसको धारणा के हो भन्दै प्रश्न गरे । उनले फेरी प्रधानमन्त्री दाहालले भारत भ्रमणमा गरेको संयुक्त बक्तब्यमा राष्ट्रघात भएको प्रष्ट हुँदाहुँदै कांग्रेस किन नबोलेको ? तपाईको धारणा के हो ? कुइकेलको जस्तै प्रश्न र चिन्ता अधिकांश पत्रकारका थिए ।

सहभागि संपादक र संचारकर्मीले धेरैले एकपछि अर्को गर्दै आफ्नो धारणासहित सिटौलालाई सरकार, राष्ट्रियता, लोकमान, संविधान संशोधन लगायतका बिषयमा पेचिल प्रश्न गरे । अपेक्षा थियो, सिटौला तीनको जबाफ दिनेछन् । तर सिटौलाले ती कुनै पनि प्रश्नलाई संवोधन गरेनन, उनले खाली दशैको शुभकामनामात्र दिए ।
सिटौला, उमाकान्त चौधरी, गगन थापा, भीमसेनदास प्रधान, प्रदीप पौडेल आयोजक रहेको कार्यक्रममा नयाँ गुटका नेताका रुपमा उदाउँदै गरेका सिटौलाले उत्तरसहित केही बोल्ने अपेक्षा त्यहाँ थियो । उत्तर नपाएपछि पत्रकारहरुले अफ्ठयारो महसुस गरे ।

त्यसपछि धन्यवाद ज्ञापन दिने सिटौलाले नै स्वास्थ्यमन्त्री गगन थापालाई आग्रह गरे । गगनले ढिलो आएकोमा क्षमायाचना गर्दै आफुहरु संविधान कार्यान्वयन लगायत राष्ट्रका समस्या समाधान गर्न गम्भीर ढंगले लागेको र त्यसैक्रममा परामर्श कार्यक्रम गरिएको जानकारी गराए ।

त्यसैक्रममा आफुले एमाले अध्यक्ष तथा पूर्ब प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी लामो छलफल गरेको प्रसंग राख्दै ‘उहाँ समस्या समाधान गर्न गम्भीर रहेको’ पाएको समेत बताए । गगनले भने,‘मैले एमाले अध्यक्ष पुर्बप्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग वार्ता गरे । उहाँ संविधान कार्यान्वयन गरी समस्या समाधान गर्न गम्भीर रहेको पाँए । उहाँ मुलुकप्रति अति चिन्तित हुनुहुन्छ । उहाँमा त्यस्तो दृष्टिकोण पनि छ ।’

गगनले सिटौलालगायत आफूहरु समस्या समाधाानका लागि राष्ट्रिय सहमति कायम गर्न लागिपरेको र त्यसमा सफल हुने बिश्वाससमेत राखे । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली तयाररहेको समेत उनले बताए । चक्रपथ अनलाइन बाट
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment