![]() |
त्रिशुली नदीमा खसेर वेपत्ता भएका पूर्व गृहमन्त्री माधव घिमिरेको कुशको दाहसंस्कार गरिएको छ ।
त्रिशुली नदीमा वेपत्ता भएका घिमिरे र उनका दुई भाइ अव जिवित फर्कने आशा मारेपछि परिवारले आज पशुपति आर्यघाटमा कुशको प्रतीक बनाउँदै दाह संस्कार गरेका हुन्।
पृथ्वी राजमार्गको दारेचोक–३ स्थित घोप्टेभिरबाट त्रिशुली नदीमा गाडी खसेर बेपत्ता भएका घिमिरेसहित उनका भाइहरु मोहन घिमिरे र प्रकाश घिमिरेको खोजी गर्दा पनि नभेटिएपछी आज कुशको शव बनाएर अन्त्यष्टी गरिएको हो ।
उक्त दुर्घटनामा परी निधन भएकी घिमिरेकी ममतामयी माता चैतन्यकुमारीको पनि आज दाहसंस्कार गरिएको छ ।
आमासँगै तीन छोराहरुको पनी सँगै दाहसंकार गरिएको छ। माताको शवमा नाती र घिमिरेको शवमा छोराले दागबत्ती दिएका छन् ।
घिमिरेलाई अन्तिम श्रद्धाञ्जली दिन गृहमन्त्री बिमलेन्द्र निधि लगायतका उच्च अधिकारीहरु आर्यघाट पुगेका थिए
![]() |

0 comments:
Post a Comment