![]() |
युट्युबले आफ्नो साईटमा रहेका भिडियोहरूलाई बढी भन्दा बढी सेयर होस् र डाटाको चिन्ता गर्नु पर्ने भ्युअर्सहरूलाई सजिलो होस् भनेर ‘युट्युव गो’ एपलाई ल्याउने तरखर गरिरहेको छ ।
इन्टरनेटको कम कनेन्टिभिटि हुने देशलाई उपयुक्त मानिएको यो एप अहिले भारतमा परिक्षणको रुपमा संचालनमा आउन लागेको हो । यो एप मार्फत् प्रयोगकर्ताले भिडियोलाई इन्टरनेट कनेन्सन भएको बेलामा क्वालिटि अनुसार सेभ गरेर अफ लाइन भएको बेला हेर्न र सेयर समेत गर्न सक्नेछन् ।
यस अघि पनि युट्युवले भारतीय प्रयोगकर्ताहरूलाई नै लक्षित गरेर अफलाइन भिडियो हेर्न मिल्ने सुविधा ल्याएको थियो । अहिले अफलाइनमा गर्न मिल्ने फिचरहरू समावेश रहेको यो एपमा भारतिय प्रयोगकर्ताहरूले साइनअप गर्न पाउने सुविधा राखेपनि यो एप कहिले देखि अन्य मुलुकमा सार्वजनिक हुने भन्ने कुरा खुलाइएको छैन । क्लिकमान्डु
![]() |

0 comments:
Post a Comment