var adfly_advert = 'banner';

रिबन नकाट्ने प्रचण्डको प्रतिवद्धता डेढ महिनामै यसरी तोडियो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको पक्षमा काम गरेर आफू सफल हुनका लागि साउन २३ गते गरेको वाचा बुधबार चितवन पुगे तोडेका छन् । प्रधानमन्त्री भएपछि आफू देश र जनताका लागि सिंह दरबारमा बसेर काम गर्नै भन्दै रिबन काट्ने र उद्घाटन कार्यक्रममा नजाने भनेर गरेको वाचा दुई महिना नपुग्दै उनले तोडेका हुन् ।

प्रधानमन्त्री भएपछि गोरखा-काठमाडौं सम्पर्क मञ्चले साउन २३ गते काठमाडौंमभा गरेको कार्यक्रममा प्रधानमन्त्रीले कुरा भन्दा काम गर्ने योजना आफुले बनाएको भन्दै रिबन काट्ने कार्यक्रममा सहभागी नहुने ुभीष्मप्रतिज्ञाु नै गरेका थिए । ९रिबन काट्दिन, देश र जनताको सेवामा लाग्छुः प्रम दाहाल०

तर उनी आफ्नो त्यो ुभीष्मप्रतिज्ञाु प्रधानमन्त्री डेढ महिना पनि अडिन टिक्न सकेनन् । रिबन काट्ने र उद्घाटन कार्यक्रममा जाने भन्दा देश र जनताको अपेक्षा पुरा गर्न केन्द्रीत हुने आफ्नो इच्छा भएकाले सबैको सहयोग चाहिएको प्रचण्डको त्यो बेलाको आग्रह थियो ।

बुधबार बिहान चितवनको भरतपुर पुगेगका प्रचण्डले त्यहाँ निर्मित जिल्ला प्रशासन कार्यालयको भवनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री बुधबारै चितवनको दिव्यनगरस्थित आदर्श उच्च माध्यामिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा भाग लिन पुगे । त्यहाँ उनले माल्यापर्ण पनि गर्न भ्याए ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment