var adfly_advert = 'banner';

बिनोद चौधरीको निधन भन्ने समाचार झुटो



बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुपका मालिक विनोद चौधरीको मृत्युको समाचार गलत भएको पुष्टी भएको छ । चौधरी ग्रुपका उप महाप्रवन्धक मिथिलेस कुमार झाले उक्त समाचारको खण्डन गरेका हुन् ।



‘यो समाचार गलत हो,’ नेपाल आजसँग कुरा गर्दै उनले भने ‘सरको स्वास्थ्य एकदम राम्रो छ ।’ याे भ्रम फैल्याउन अाएकाे समाचार हुन सक्ने उनी बताउँछन् ।

चौधरीको मृत्यु भएको खबर टेलिग्राफ नामक अनलाइनमा आएको थियो । उक्त अनलाइनले ब्रेकिङ न्युज बनाएर लण्डनमा उपचारका क्रममा चौधरीको ६१ वर्षको उमेरमा मृत्यु भएको समाचार छापेको थियो ।

‘यो समाचार गलत रहेको छ । एक त उनी स्वस्थ र तन्दुरुस्त हुनुहुन्छ।’ झाले भने, ‘अर्काे कुरा चौधरी लण्डन नभएर अहिले सानेपास्थित आफ्नो अफिसमा काम गरिरहनु भएकाे छ ।’

चाैधरी सिजी ग्रुप अफ कम्पनीका फाउण्डर हुन् । वाइवाइ चाउचाउकाे लाेकप्रियतासँग सिजीले देश तथा विदेशमा लगानी गर्दै अाइरहेकाे छ । सामाजिक कार्यमा हातहाल्दै सिजीले भूकम्पपछि भूकम्प प्रभावित क्षेत्रमा स्कुल तथा सयुक्त अावासकाे निर्माण कार्य गरेकाे थियाे ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment