var adfly_advert = 'banner';

प्रचण्डको समर्थनमा अबको ६ महिनामा बामदेव गौतम प्रधानमन्त्री ?,

नेपाली राजनितिक संस्कारलाई आफुले प्रत्यक्ष हेर्दै,अनुभव गर्दै सत्य र तथ्य घटनाहरु लाई जस्ताको तस्तै शब्दमा उतार्दै राजनितिक परिवर्तन का संभावनाहरु सामजिक संज्जाल मार्फत आम पाठक बर्गमा पुर्‍याउन जमर्को गर्दै छु। राजनिती संभावना को खेल हो भन्नेहरु का लागि मैले देखेको संभावनाले मुर्तरुप पाउला, नपाउला त्यो समयको गर्भ मै छ,तर मैले संभव देखिरहेको छु।बिपरित ध्रुवहरु आकर्षित भै चुम्बकीय शक्तिमा संम्पुर्ण गति अपरोध भए झै नेपाली राजनिती मा पनि चरमदक्षिणपन्थ र उग्रवामपन्थ बिच को आकर्षण ले राजनितिक भ्याकुम पैदा गरि ६ महिना मै सत्ता परिवर्तन हुने लगभग पक्का जस्तै छ।नेपाल लाई संधै अस्थिर भएको हेर्न चहाने शक्ति को रोहबरमा कपाली तमसुख गरि बनेको अहिले को अपबित्र गठबन्धनले देश लाई निकाश दिन सक्दैन।
देश लाई निकाश दिन होइन ओलि नेतृत्व को सरकार लाई जसरी पनि भत्काउन मा मात्र केन्द्रित भै क.प्रचण्ड लाई बलिको बोको बनाउदै जवर्जस्त बनेको अपबित्र गठबन्धन अबको केही महिनामै भङ्ग हुने संकेत व्यवहार बाट पुष्ठी हुँदै छ। बामपंथी सरकार लाइ घेराबन्दी गरि विना कारण सत्ता समीकरण मा फेरबदल गर्न लगाउने बाह्य सक्तिले क्षेणिक रुपमा नेपाली काँग्रेस द्वारा प्रचण्ड लाई समर्थन गर्न लगाए पनि आफ्नो स्वार्थ सिद्द गर्न प्रचण्ड लाई प्रयोग मात्र गरिएको छ।
त्यो कुराको लगभग प्रचण्ड ले संकेत पाइसकेका छन।हिज टाउकाको मुल्य समेत तोकिसकेको शक्तिले प्रचण्ड लाई कुनै पनि राम्रा काम गर्न दिनेवाला छैन। परिवारबाद बाट चलिरहेको नेपाली काँग्रेस हिज बि पि कोइराला र सि के प्रसाँइ को नेतृत्व देखि नै प्रजातन्त्र लाइ आफ्नै परिवार वाद मा घुमाउन खोज्दा २००७सालको प्रजातन्त्र अपहरण मा पर्‍यो।बि पि कै अनुयाँइ कर्ता बनेर शेरबहादुर देउवा ले २०४६ साल को प्रजातान्त्रिक उपलब्धि लाई जबर्जस्त अपहरण गरि दरबार मा बुझाउने काम गरेको कुरा लाई देउवा इतर का मान्छे ले झुठ भनेता पनि इतिहास ले कहिलै झुट भन्ने छैन।
आफ्नो हैसियत भुलेर कपाली तमसुख गरि बनेको प्रचण्ड सरकारलाई चाहेर पनि देउवा ले राम्रो गर्न दिने छैनन, किन भने माओबादी जनयुद्ध कै कारण हिज देउवा असक्षम प्रधानमन्त्री बनेका हुन।त्यसको बदला देउवा ले लिन बाँकी नै छ।उच्च राजनितिक संस्कार को बिकाश बिना समाज परिवर्तन हुन सक्दैन।त्यसका लागि नेतृत्वको कुसलता र भुमिका महत्वपूर्ण हुने गर्छ।सकारात्मक भुमिकाले सजिलै समस्याको समाधान हुन्छ भने नेतृत्वको नकारात्मक भुमिकाले पार्टी भित्रै अनाबश्यक बिवाद हुन गै देशमै ठूलो समस्या हुने गर्छ।प्रचण्ड र देउवा दुबै नेताको भुमिका यतिवेला नकारात्मक बाटोबाट हिडिरहेको छ।
जसरी बाहिर बोल्न सजिलो छ गहिराइमा पुगेर काम गर्न गारो छ।जनयुद्ध थालनी को २० बर्ष मै प्रचण्ड ले २ पटक प्रधानमन्त्री हुने कम्युनिस्ट नेता को इतिहास त रचे तर प्रचण्ड लाई जनयुद्ध गर्दा कमान्ड गर्न जति सजिलो थियो।सबैलाइ मिलाएर सन्तुलन कायम गर्दै राज्य संचालन गर्न गारो छ।प्रचण्ड का अगाडि २ ओटा महत्वपूर्ण काम छन।मधेसी का माग संबोधन गर्दै संविधान को कार्यान्वयन गर्नु र संघीयता सहितको स्थानिय चुनाव गराउनु।
माओबादी केन्द्र र एमाले संघियता सहित को चुनाव गर्न चाहे पनि काँग्रेस परम्परा कै स्थानिय चुनाव को पक्ष मा छ।यहि एउटा किचलो अहिलेको गठबन्धन को लागि ठूलो चुनौतिको पहाड बन्ने छ।संघियता को नाम मा तराइ का फाँट हरु मधेश प्रदेश मा राख्नुपर्ने माग राखी आन्दोलन गरिरहेका मधेसबादी दल लाई हिज भावना र उत्तेजनामा आएर जातीय मुद्दा उठाइ आफ्ना नेताकार्यकर्ता लाई रिझाउन जातीयता को नाम दिई प्रादेशिक प्रमुख बनाए जसरी जादुको छडी झै उनिहरु ले मागेको मधेस प्रदेश प्रचण्ड एक्लैले दिएर हुदैन।त्यसका लाई ३ठुला दलको सहमती हुनै पर्छ।
एमाले र माओबादी केन्द्र सहमत भएपनी संपुर्ण जस बामपंथी मा जाने भएको ले त्यसको अपरोध काँग्रेस ले नै गर्ने छ।काँग्रेस को राजनिती जसरी पनि प्रचण्ड लाई चौतर्फी घेरा हाल्ने र असफल प्रधानमन्त्री गराइ जनयुद्धताका गरिएका युद्ध अपराध ब्युँताएर प्रचण्डको राजनितिनै समाप्त पार्ने खेल काँग्रेस ले सूक्ष्म रुपबाट गर्दै छ।त्यो कुरा बाट बच्नका लागि फेरि प्रचण्ड एमाले कै शरण पर्ने निश्चित छ।त्यतिवेला एमाले कै नेतृत्व को आबस्यकता महसुस गरि बामदेव गौतमलाई प्रचण्ड आफैले सिफारिस गर्दै प्रधानमन्त्रीको प्रस्ताव र समर्थन गर्ने छन फेरि देशभक्त,स्वाभिमानी भएको बामपंथी सरकार बन्ने छ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment