var adfly_advert = 'banner';

पाकिस्तानी क्रिकेट टोलीमा अर्को तीब्र बलर

बर्षिय तीब्र बलर अमद बटले पहिलो पल्ट पाकिस्तानको टि–२० टोलीमा स्थान बनाएका छन्। उनलाई आउँदो साता ओल्ड ट्राफोडमा हुने एउटा टि–२० खेलका लागि पाकिस्तानले आफ्नो १३ सदस्यीय टोलीमा स्थान दिएको छ।
बट केही समयअघि इङ्ल्यान्ड खेल्न गएको पाकिस्तानी ‘ए’ टिमका सदस्य थिए। जहाँ उनले ६ टि–२० खेलमा १२ विकेट लिएका थिए। उनले युनाइटेड अरब इमिरेट्समा सन् २०१४ मा भएको युथ–१९ विश्वकपमा पाकिस्तानबाट खेल्ने मौका पाएका थिए। त्यतिबेला सेमिफाइनलमा इङ्ल्यान्डलाई हराउन उनको भूमिका अहम थियो।
बटसँगै सरफराज अहमदको लागि पनि टि–२० मा पाकिस्तानको कप्तानी गर्ने पहिलो अवसर हो। साहिद अफ्रिदीको स्थानमा उनलाई गत अप्रिलमा टि–२० को कप्तान नियुक्त गरिएको थियो। भारतमा भएको विश्वकपमा पाकिस्तानको कमजोर प्रदर्शनपछि अफ्रिदीलाई हटाएर सरफराजलाई कप्तान नियुक्त गरिएको थियो। त्यसयता पाकिस्तानले टि–२० खेलेको छैन्।
टि–२० का लागि माथिल्लो क्रमका ब्याट्सम्यान खालीद लातिफ, देब्रे हाते तीब्र बलर सोहिल तन्वीर, मोहम्मद इरफानलाई पनि स्थान दिइएको छ। मोहम्मद हाफिज चोटका कारण बाहिर छन्। एकदिवसीय कप्तान अजहर अलीलाई टिममा स्थान दिइएको छैन्। यस्तै एकदिवसीयका सामी अस्लम, यासिर शाह, उमर गुल र हसन अली पनि टिमबाट बाहिर छन्।


खेलाडीहरूः सरफराज अहमद (कप्तान), खालीद लतिफ, सर्जिल खान, सोहेब मलिक, मोहम्मद रिज्वान, बाबर आजम, मोहम्मद नवाज, इमाद वासिम, मोहम्मद अमिर, वाहब रियाज, मोहम्मद इरफान, सोहेल तनबीर र अहमद बट।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment