प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली महिलाको महान् पर्व तीजको अवसरमा शुभकामना दिनुहुँदै देश–विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदी–बहिनीमा सुख, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले नेपालको सबैखाले परिवर्तनकारी आन्दोलनमा महिला वर्गले खेलेको भूमिकाको प्रशंसा गर्दै प्राप्त उपलब्धिप्रति गर्व गर्न तीज पर्वले प्रेरणा मिलोस् भनी कामना गर्नुभएको उहाँका प्रेस संयोजक गोविन्द आचार्यले राससलाई बताउनुभयो । रासस -
About
butwaladvertisement
0 comments:
Post a Comment