![]() |
वैज्ञानिकको एक अध्ययनबाट यस्तो निश्कर्ष आएको छ कि जुन सुनेपछि तपाईंलाई बिहे गर्न मन लाग्ने छ । जापानी वैज्ञानिकको उक समूहले गरेको अध्ययनमा वैवाहीक जीवन जिउने मानिसको शारीरिक बनावट सही हुनेगर्छ । डेली मेलका अनुसार अध्ययनबाट विवाहीत पुरुषमा मधुमेह, उच्च रक्तचाप, मोटोपन लगायतका समस्या कम हुनेगर्छ ।
योकोहामा सिटी विश्वविद्यालयका अध्ययनकर्ताका अनुसार विवाहीत पुरुषमा माटोपनको खतरा ५० प्रतिशत र मेटाबोलिक सिंड्रोममा ५८ प्रतिशत सम्म कमी आउने गर्छ ।
सोधकर्ताका अनुसार विवाहीत मानिस अधिक स्वस्थ खाना र आफ्नो ख्याल राख्ने गर्छन् । यस अध्ययनमा २७० मानिसलाई सहभागी गराइएको थियो । जसमा १८० विवाहीत र ९० अविवाहीत सामिल थिए । जसको उमेर ६५ वर्ष थियो ।
![]() |

0 comments:
Post a Comment