var adfly_advert = 'banner';

दुई नाबालक बच्चाहरु छोडेर माइती घर पुगेर आउंछु भनेर निस्केकी सुनिता राई सम्पर्कबिहीन,बच्चाहरुको बिचल्ली

धनकुटा,९ असोज । भोजपुर जिल्लाको होम्तांग गाबिस माइती घर भइ खोटाङ बोपुङका ९ का अशोक राई संग ८ बर्ष अगाडी बिबाह बन्धनमा बाँधिएकी २९ बर्षिय सुनिता राई काठमाण्डौको खरिबोट बोहराटार बालाजुको कोठाबाट माइती घर पुगेर आउंछु भनेर निस्केको करिब डेढ महिना भइ सक्दा पनि नफर्केको र अझैसम्म पनि सम्पर्कबिहिन बनेकी छिन् । उनीले चलाउंदै गरेको मोबाइल नम्बरमा प्रतक्ष्य सम्पर्क र सामाजिक सन्जालको इमो रफेसबुकमा चालु अवस्थामा देखाए पनि कुरा गर्न खोज्दा कुनै प्रतिउत्तर दिएकी छैनन् साथै माइत घरमा सम्पर्क गर्दा त्यता पनि नपुगेको सुनिताका देवर मातृका किरातले बताए । हाल उनका श्रीमान बिगत ६ महिनादेखि रोजगारको निम्ति साउदीमा कार्यरत छन् । ७ बर्षिय छोरी र ५ बर्षिय छोरालाई काठमाण्डौ बनस्थली स्थित बहिनी सुमि राईको साथमा नानीहरुलाई २र४ दिन हेरिदिनु भनेर छोडि आएका सुनिता डेढ महिना बितिसक्दा पनि सम्पर्कमा नआएपछि बच्चाहरुको बिचल्ली भएको सुनिताका श्रीमानले साउदीबाट फोन मार्फत जानकारी दिएका छन् ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment