var adfly_advert = 'banner';

यसरी भयो सोलुखुम्बुमा बिरामी लिन गएको माउण्टेन एयरको हेलिकप्टर दुर्घटना


सोलुखुम्बु, ९ असोज - सोलुखुम्बुमा माउण्टेन एयरको हेलिकप्टर दुर्घटना भएको छ। हेलिकप्टरमा सवार ६ जना सबै सकुशल रहेको प्रहरीले जनाएको छ।   इन्जिन बन्द भएपछि हेलिकप्टरलाई आकस्मिक अवतरण गराईएको थियो। सोलुखुम्बुको जुभिङ–५मा बिरामी लिन गएको हेलिकप्टर बिरामी लिएर उड्नेक्रममा इन्जिन बन्द भएको थियो।  आकस्मिक अवतरणका क्रममा हेलिकप्टरको अगाडिको भाग जमिनमा ठोक्किएको छ। नाइन एन अल्फा लिमा क्युबिक कल साइन भएको माउण्टेन एयरको हेलिकोप्टर लुक्ला बिमानस्थलबाट बुक्सा आएको थियो।   शनिबार यति एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा पनि सबै यात्रु सकुशल थिए।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment