var adfly_advert = 'banner';

यसकारण एमाले अध्यक्ष ओलीले आज सदनमा विशेष सम्बोधन गर्दैछन्

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका विषयमा संसदलाई जानकारी नदिएको भन्दै प्रमुख विपक्षी दल नेकपा (एमाले)ले आज संसदमा विशेष समय लिएर धारणा राख्ने भएको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान एघार बजे बस्ने संसद बैठकमा एमालेका अध्यक्ष एवम् प्रमुख विपक्षी दलका नेता केपी ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी आएको छ । ‘अध्यक्ष केपी ओलीले भारत प्रधानमन्त्रीको भारत भ्रमण, पुनर्निर्माणको कामकारबाही, मुलुकको समय सामयिक विषय, संविधान संशोधन, चुनाव, सरकारको काम, संविधान कार्यान्वयनलगायतका विषय समेटेर सम्बोधन गर्नेछन’ । प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणका विषयमा सदनलाई जानकारी गराउनु हुन्छ कि भनेर यसअघिको बैठकमा कुरेको एमालेले सरकारबाट कुनै सम्बोधन नआएपछि आज अध्यक्ष ओली आफैले सो विषयमा सरकारको ध्यानाकर्षण गराउनलागेका हुन् ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment