![]() |
अखिल अध्यक्ष नविना लामा बस दुर्घटना स्थल तर्फ लागेकी छन् । उक्त दुर्घटनामा आफ्ना आफन्त परेको उनको भनाइ छ । दुर्घटनामा परी अनेरास्वयूका सचिवालय सदस्य यशु लामा अचेत अवस्था रहेको लामाले बताइन् । ‘भनी मेरा धेरै आफन्तहरु त्यो घटनामा पर्नु भएको छ, त्यसैका लागि घटना स्थल जाँदै छु ।
खहरेखोलामा भएको भयानक यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुगेको सांसद राम हरी सुवेदीले जानकारी दिएको छन् । काठमाडौंबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बस विर्ता देउराली ७ को खहरेखोलामा दुर्घटना भएको हो ।
घटनाको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीसहितको सहितको टोली घटना स्थलमा पुगेको प्रमुख जिल्ला अधिकार पन्थीले बताए ।
यो काभ्रेको जोखिम युक्त ठाउँ बताइन्छ । सामान्य मानिसहरुलाई यो बाटोमा हिँड्दा पनि डल लाग्ने सांसद सुवेदीको भनाइ छ । अन्य ३० भन्दा बढी घाइते भएका छन् । बा २ ख १०६ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो । दुर्घटना भएको बस सडकबाट २ सय मिटर तल झरेको बताइएको छ । प्रहरी घटना स्थलमा पुगेर उद्धारमा लागिसकेको छ ।
![]() |

0 comments:
Post a Comment