![]() |
विश्व रोचक विचित्रका कुराहरुले भरीएको छ । यहाँ कैयौँ त्यस्ता अरु रोचक कुराहरु छन् जसका बारेमा तपार्य हामी बेखबर नै छौँ । यसबिचमा तपाईहामीले नाम सुनीरहेको विश्वकै सबैभन्दा सानो मुलुक भनेर चिनिएको देश भ्याटिकनसिटीको जनसंख्या कति छ ?
विश्वका २ सय ९ देश मध्येको स्वतन्त्र मुलुकका रुपमा आफ्नो अस्तित्व बनाएको मुलुक भ्याटिकनसिटीमा जम्मा ८ सय ४० जना मानिसहरु बसोबास गर्छन् । युरोपको यस्तो देश जसको क्षेत्रफल मात्र ०।४४वर्ग किलोमीटर छ ।
अचम्म त के छ भने ८ सय ४० जनसंख्या भएको यस देशमा बर्षेनी ५० लाख पर्यटक जान्छन् । स्वतन्त्र देशको रुपमा आफ्नो छुट्टै अस्तित्व बोकेर झण्डा गाडेर बसेको देश धेरै कुरामा सफल उदाहरण बन्न सकेको छ ।
संसारकै सुखी मानिसका रुपमा चिनिएका यहाँका नागरिकहरु एकले अर्कालाई सजिलै चिन्न सक्छन् । यहाँका नागरिकले अरु त अरु एकको नाम सजिलै भन्न पनि सक्छन् । जम्मा ८ सय ४० जना मात्र नागरिक भएको हुनाले धेरैजसोले सजिलै नाम नै काढेर बोलाउन सक्छन् ।
.
![]() |

0 comments:
Post a Comment