var adfly_advert = 'banner';

नारायणकाजीले यसरी खोले ओली सरकार ढल्नुको रहस्य



अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कारण सरकार गिरेको माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफ्ना निकटलाई बताउने गरेको स्रोतले बताएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृष्णबहादुर महरासँगै पुष्पकमल दाहाल प्रचण्डलाई समेत तान्ने भएका कारण राष्ट्रवादी सरकार ढलेको श्रेष्ठको निष्कर्ष छ । अकुत सम्पत्ति कमाएको भनेर अख्तियारले अनुसन्धान गरिरहेका अर्थमन्त्री महराले भारतसँग लम्पसार परेर केपी शर्मा ओलकिो नेतृत्वको सरकार ढालेको श्रेष्ठको ठम्याई छ ।

वैचारिक, राजनीतिक रुपले झण्डै शून्य, युद्ध चेतनाका वर्षमान पुनलाई बाह्य र आन्तरिक राजनीतिक समीकरण बनाउने जिम्मेवारी दिइएको पनि नारायणकाजी असन्तुष्ट रहेको कुरा कमरेड वर्षमान पुनलाई रिपोर्टिङ्ग भएको चर्चा माओवादी केन्द्रको हेडक्वाटर पेरिसडाँडामा हुने गरेको समाचार स्रोतको दावी छ ।

कोटाका आधारमा होइन, कार्यमूल्यांकनका आधारमा सरकारमा पठाउनुपर्ने भन्दै सक्षम, राम्रो काम गरेको गिरिराजमणि पोखरेललाई दोहोर्‍याउनुपर्ने पनि नारायणकाजीको अडानका कारण लामो समयसम्म ५ जना मन्त्रीहरु समेत माओवादी केन्द्रले छनौट गर्न सकेको थिएन । साँघु साप्ताहिकमा खबर छ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment