var adfly_advert = 'banner';

प्रचण्डलाई प्रश्न, ‘जनयुद्धमा चौकी कब्जा गर्न योग्य महिला, मन्त्री बन्न कसरी अयोग्य ?’



नेकपा माओवादी केन्द्रभित्र सरकारमा सहभागी हुने मन्त्री छनोटसँगै विवाद चर्किएको छ। आठ जना मन्त्री बनाउँदा पनि एकजना महिला मन्त्री नबनाएको भन्दै विवाद पार्टीभित्र चुलिएको हो। मन्त्री छनोट प्रक्रियामा महिलालाई मन्त्री बनाएको भन्दै एकता प्रक्रियाबाट आएका नेताहरुले पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट बनेका छन्।
पार्टीका समानुपातिक र समावेशीको आधारमा मन्त्रीहरुको छनोट गर्ने भनिए पनि अन्तिम समयामा आएर महिलालाई मन्त्री नबनाउने निर्णयले माओवादीभित्र नयाँ विवाद सुरु भएको एक नेताले बताए।

पार्टीले महिलालाई मन्त्री नबनाएर पार्टीले अगाडि सार्दै आएको समानुपातिक र समावेशिताको खिल्ली उडाएको भन्दै पार्टीमा सहभागी २८ जना महिला सांसदहरुले छुट्टै भेला गरेका छन्।

मन्त्री छनोटसँग असहमति जनाउँदै महिला सांसदहरुले प्रधानमन्त्री प्रचण्डसँग भेट्न चाहे पनि कार्यव्यस्तता भन्दै प्रचण्डले भेट नदिएको सांसद निशाकुमारी साहले बताइन्।

उनले भनिन्, ‘जनयुद्ध लड्दा महिला चौकी कब्जा गर्न योग्य भए, अहिले अवसर पाएपछि महिला कसरी अयोग्य भए ?’ नेपाल समाचारपत्र दैनिकबाट
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment