var adfly_advert = 'banner';

इजरायलबाट शरिन ख्युङ्वाको सरकारलाई प्रश्न,बुहारी पाल्न नसकेको नै हो नेपालमा ?



छोरी बुहारी भनेको स्वदेशी होस् या बिदेशी होस् घरका गहना हुन,लक्ष्मी हुन् भन्ने हिन्दु परम्पराको धज्जी उडाउदै आज बर्शौ देखि उत्पीडनमा परेकी श्रम शोषण सहितको शारीरिक यौन शोषण मात्रै नभई मानसिक यातनासम्म भोग्नुपरेकी ती बिदेशी फिलिपिनी महिला जोया । उनको कोखिलाका मसिना नाबालक बच्चाहरु आफ्नै भुमिमा संघर्ष गर्न नपाइ आज ति बिरुवाहरुलाई आमा सङ्गै उद्दारको नाउँमा देश निकाला गरिरहेको यो दु:खद समाचारले मेरो मात्रै नभइ हामी सम्पुर्ण आम नेपालीहरुको शिर झुकेको छ । दुखेको छ मन- मुटु । ती अन्यायमा पारिएको परेकी फिलिपिनी महिलाको दु:खद घटना देखेर मेरो चीत्कार सहित निक्लेको आवाजले आज नेपालको कानुन अनि नेपाल सरकारलाई सोध्न मन लाग्यो कि तिमीले बुहारी पाल्न नसकेकै हो त ?

आज बिदेशी महिलाको यो हालत रहेछ,गर्छ हाम्रो देश अनि हाम्रै नेपाली समाजले भने आफ्नै देश भित्र आफ्नै छोरी बुहारी माथी भैरहेको,गरिएको अपराधमा बलात्कारको शिकार किन नबनोस ?

किन दाइजोको कारण नजलाईयोस र छोरी जन्माएको निहुंमा घरका श्रीमान् सासू ससुराले किन महिला हिंसा नगरोस र घरबाट अशक्त मानसिक रोगी भएर निक्लन नपरोस ?अनि किन बोक्सीको निहुमा दिशा पिसाब मात्रै होइन जिउदै जलाइन्छ गाडिन्छ जमिनमा तिनका चीत्कार सुन्ने कसले ?

नेपालमा इतिहास रच्ने अनि रचाउने धेरै भए,जसमा रास्ट्रपति देखि प्रधानन्यायाधीश लगायत मै हु भन्ने महिला नेत्रीहरु धेरै छन तर सिर्फ गान्धारी भएर बसेका छन् । देख तमासा भनेर भने आज तिनै आँखा कान मुख बन्द गरि बसेको हाम्रो देशको कानुनले एउटि बिचरी ती लाचार पीडित बिदेशी महिलालाई । बुहारी स्विकार्नु को साटो अधिकार बिहिन पारी उनको माइती पठाइनुमा गर्व गर्दैछ । भन्दैछ उद्दार गर्यौ हामीले भनेर ढोल पिट्दैछन समाजसेवीहरु .. यो खवर सुनेर हरेक ती फिलिपिनिहरुको अगाडि मेरो मात्रै होइन आम सारा नेपाली जनताहरुको नजर झुक्ने भयो । लाजसरमले.. शिर माथी उठाउन नसक्ने भयौ हामीले .. यो अवस्थालाई बुझ्नुको साटो नेपाल सरकारले कागजको हवाईजहाज उडाइ रहेकोछ बुहारी पाल्न नसक्ने म हुतीहारा ससुराली हु भनेर ।एउटा बुहारी पाल्न नसकी बुहारीलाई अधिकार दिनुको साटो घरबार बिहिन पारी माइत पठाउने यो नेपालको कानुनले बिश्वभर के सन्देश दिदैछ दिन खोजेको हो । बुझ्नुपर्ने उल्टै सुन्दैछु फिलिपिन्सको राजदुतावासबाट जरिवाना स्वरुप ७ लाख लिएको छ । वा गर्ब छ नेपाल सरकारले भनेपछि अलिकति इमानदारीता राखेनौ है तिमीहरुले.. त्यो जरिवानालाई उल्टै फिलिपिन्सले उनको चेलीको यतिका बर्षदेखि उनले भोग्दै आएकी श्रमदान शारीरिक यौन शोषण अनि उनले पाएकी मानसिक यातनाको हिसाब किताब मागेको भए । तिमिले तिर्न सक्थ्यै त्यो जरिवाना रकम हँ नेपाल सरकार ?

आज उद्दारको नाउँ गरेर ती बिदेशी फिलिपिनि महिलाको कोखबाट जन्मेका ती मसिना लालाबाला लाई तिनको जन्मभुमी नेपालबाट देश निकाला गरि फिलिपिन पठाउदा ती मसिना २ बच्चाहरुको अधिकार नेपालको कानुनले खोस्ने अधिकार कसले दियो ? त्यो बच्चाहरु भोलि युवा भएर नेपाल फर्किन चाहेको खण्डमा नेपाल सरकारले के जवाफ दिन्छु भनेर घरदेखी बेघर गर्दैछ ती निर्दोष बच्चाहरुलाई ? बुहारी पाल्न नसक्ने सरकार !यदि अलिकति पनि लाजसरम बाकी रहेको छ । त्यो जीवन थापा भन्ने अपराधी र तिनका परिवारलाई तुरुन्तै कारबाही गरि ती फिलिपिनि महिलालाई उनको देश पठाएर नेपाल को बद्नाम गर्नु भन्दा उनले पाउने क्षतिपुर्ती दिलाएर नेपाल मै बस्ने अधिकार नेपाल को कानुनले दिनुपर्ने हुन्छ होइन । भोलि नेपाली भनेर अनुहार देखाउन लाज होला ? यो कुरा नेपाल सरकारले तुरुन्तै बुझ्नुपर्छ ।उद्दारको नाउँमा समस्या देखि भाग्न खोज्ने समाजका बिज्ञ भनाउदा हरुले भोलि एक-एक सवाल को जवाफ दिनुपर्ने हुन्छ ? उद्दन्डकारी लाई सजाय दिलायर बुहारी स्विकार्नु नसक्ने त्यो समाजले उद्दारको ढोङ नपिट्दा हुन्छ भोलि तिम्रा छोरी चेलीबेटीलाई यिनै बिदेशीले अन्याय गरि तिम्रो घर माइती गलहत्याएर पठाइ मान्ने हुन्छौ समाजसेवी भनाउंदाहरु ।

हाल इजरायल

यो पनि पढ्नुहोस् ।

दुई छोराका साथ रुँदै बिदा भइन् फिलिपिनो ‘जोया’ !
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment