var adfly_advert = 'banner';

पदक वितरण समारोहमा नै विवाहको प्रस्ताव !

रियो दि जेनेरियो–ब्राजिलमा जारी रियो ओलम्पिक–२०१६ को महिला तीन मिटर स्प्रिङबोर्डको पदक समारोहमा एक अनौठो तर रमाइलो घटना भएको छ। चीनकी हि जिले महिला तीन मिटर स्प्रिङबोर्डमा रजत पदक जितेको केहि क्षणमै दोस्रो पुरस्कार प्राप्त गरेकी छन्।
उनका प्रेमी छिन काईले त्यहाँ उपस्थित हजारौं दर्शक तथा विश्वभर प्रत्यक्ष प्रसारण भैरहेको उक्त पदक वितरण समारोहमा उनलाई विवाहको प्रस्ताव गरेका थिए। गत हप्ता मात्र पुरुष तीन मिटर स्प्रिङबोर्डमा कास्य जितेका कोईको प्रस्ताव जिले तुरुन्तै स्विकार गरेकी थिइन् ।
जिले भनिन्, ‘हामी विगत ६ वर्ष देखि प्रेम सम्बन्धमा थियौं,तर उसले आज सबैको सामु यसरी अचानक विवाहको प्रस्ताव गर्छ भन्ने मैले सोचेको थिइन्।’  उक्त विवाह प्रस्ताव गर्दाको भिडियो र तस्बिरहरु अहिले चीनको टिव्टर जस्तै रहेको सामाजिक संजाल विवोमा भाइरल भएको छ ।

SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment