var adfly_advert = 'banner';

सन्ध्याको मार्मिक पत्रपछि गगनले यस्तो निर्णय लिए

 स्वास्थ्य मन्त्री गगन थापा अस्पतालले मृत्युको पूर्जा थमाएकी जुम्लाकी १९ वर्षीया युवती सन्ध्या शाहीलाई भेट्ने भएका छन्। मन्त्री थापा शाहीलाई भेट्न उनको चावहिलस्थित कोठामै जान लागेको उनको सचिवालयले जनाएको छ। मन्त्री थापा क्यान्सर पीडित शाहीलाई भेट्न अपरान्ह ४ बजे जाने कार्यक्रम रहेको छ।
क्यान्सर पीडित शाहीलाई विपी क्यान्सर अस्पताल भक्तपुरबाट मृत्युको पूर्जा पाएपछि मृत्यु कुरेर बसेकी जुम्लाकी १९ वर्षीया सन्ध्या शाहीले शनिवारमात्रै स्वास्थ्य मन्त्री थापालाई भेट्ने इच्छा रहेको भन्दै पत्र लेखेकी थिइन्। मृत्यु कुरेर बसेकी शाहीले पत्रमा स्वास्थ्य मन्त्री थापालाई भेट्ने आफ्नो अन्तिम इच्छा रहेको भन्दै त्यसका लागि पत्र पठाएकी हुन्।
स्वास्थ्यमन्त्री थापालाई क्यान्सर पीडित शाहीले आफ्नो मृत्युबो पूर्जाबारे जानकारी दिँदौ पत्रमार्फत प्रश्न सोधेकी थिइन्,‘माननीय मन्त्रीज्यू, म पनि यही देशमा जन्मे। यही देशमा हुर्के। जहाँ तपाईं पनि जन्मनु भो र हुर्कनु भो। तर तपाईंलाई एउटा कुरा सोध्न मन छ। तपाईं बिरामी हँुदा वा विरामी लगेर हस्पिटल जाँदा हस्पिटलले कति माया गर्छ? कति सम्मान गर्छन्?’
साहीले आफूले धेरै दुःख पाएको र दुःख सम्झिँदा आफूलाई देशको नागरिक हैन कि जस्तो महसुस भएको समेत पत्रमा उल्लेख गरेकी छिन्। अस्पतालमा देखिएको बेथितिबारे उनले पत्रमा भनेकी छिने,‘मेरो आँखाले कति हो कति बेथितिहरू देखे। त्यो बेथितिको सिकार म पनि भएँ। र, सम्झे बेथितिहरूले म जस्ता अरू अरु पनि दिनदिनै मरिरहेका होलान्। अनि मनमनै सम्झेर तपाईँलाई जानकारी गराउन मन लाग्यो। चिठी लेखिरहेकी छु
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment