var adfly_advert = 'banner';

यस्तो छ पूर्व गृहमन्त्री घिमिरेको गाडी दुर्घटना भएको स्थल (तस्बिरसहित)

पूर्व गृहमन्त्री तथा पूर्व मुख्य सचिव माधवप्रसाद घिमिरे चढेको गाडी आइतबार बेलुका पौन पाँच बजे त्रिशुली नदीमा खसेको थियो । पूर्व गृहमन्त्री घिमिरे चढेको गाडी नारायणघाटबाट काठमाडौं आउँदै गरेको बा ९ च १५३१ नम्बरको गाडी चितवनको दाह्रेचोक गाविसको घोप्टेभिरबाट त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा ज्यान गुमाउने ३ जनाको परिचय खुलेको छ । ज्यान गुमाउनेमा घिमिरेकी आमा चैतन्य कुमारी घिमिरे, नारायण प्रसाद काफ्ले र सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको परिचय खुलेको प्रहरीले जनाएको छ । दुर्घटना स्थल मुग्लिन र कुरिनटारको बिचमा पर्दछ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment