var adfly_advert = 'banner';

माओवादी केन्द्रले चार राज्यमन्त्री पनि सरकारमा पठायो, को-को परे



नेकपा (माओवादी केन्द्र)ले चार सांसदलाई राज्यमन्त्री बनाउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले धनमाया विक शिक्षा, श्रीप्रसाद जगेबुलाई सङ्घीय मामिला तथा स्थानीय विकास, सत्यनारायण भगतलाई ऊर्जा र राधिका तामाङलाई कृषि विकास राज्यमन्त्रीमा नियुक्त गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राज्यमन्त्रीको शपथ ग्रहण गराइने तयारी गरिएको छ । माओवादी केन्द्रले यसअघि पाँच मन्त्रीको नाम तय गरेको थियो ।

मन्त्रीको शपथ केही बेरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा हुनेछ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment