![]() |
स्रोतका अनुसार यही भदौ अन्तिम साता प्रचण्ड भारत भ्रमणमा जाने छन्। प्रचण्डको भारत भ्रमणको तयारी गर्न दिल्ली गएका भारतीय राजदूत रे शनिबार राजधानी फर्किएका छन्। राजदूत रेले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र प्रचण्डको भारत भ्रमणका विषयमा भारतीय संस्थापन पक्षसँग छलफल गरेका थिए।
नेपाल ओर्लिएलगत्तै राजदुत रे सिधै उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको निवासमा पुगेका थिए । प्रधानमन्त्री दाहालको विशेष दुतको रुपमा भारत जाने तयारीमा रहेका उपप्रधानमन्त्री निधि र भारतीय राजुदतवीचको यो भेटवार्तालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
पत्रकार ऋषि धमलाले भारतीय सत्तारुढ दल भाजपाका शीर्ष नेताहरुसँग कुरा गर्दा प्रधानमन्त्री दाहाल सम्भवतः भदौ अन्तिममा भारत भ्रमणमा जाने बुझिएको छ ।
यसपटक दाहाललाई स्वागत गर्न भारतीय प्रधानमन्त्री मोदी नै विमानस्थलमै जाने बुझिएको छ । सम्भवतः प्रचण्डको लागि यो सरप्राईज् हुनेछ । भारतले प्रचण्डलाई यसपटक ठूलो सम्मान दिने भएको छ । त्यतिमात्रै होईन, भारतले २६ जनवरीमा मनाउने गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अथिति नै बनाउनेबारेमा समेत सोचेको सूत्रहरुको दाबी छ । भारतले नेपालका प्रधानमन्त्रीहरुलाई अहिलेसम्म गणतन्त्र दिवसको अवसरमा प्रमुख अतिथि बनाएको छैन् । स्व।राजा विरेन्द्र बाहेक अहिलेसम्म भारतले कसैलाई यस्तो अवसर दिएको ईतिहास छैन् । भारतीय पक्षले प्रचण्डलाई छिट्टै यसको लागि निमन्त्रणा दिने तयारी समेत गरेको छ ।
यता प्रधानमन्त्री प्रचण्डले समेत छिमेकीसँगको सम्बन्ध सुधारको लागि आफ्नो विशेष दुतको रुपमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिलाई भारत र उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेका छन् । प्रधानमन्त्रीको विशेष दुतको रुपमा उपप्रधानमन्त्रीद्धय निधि र महरा छिट्टै भ्रमण गर्ने बुझिएको छ ।
![]() |

0 comments:
Post a Comment