![]() |
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतले निर्माण गरेपनि काठमाडौं–निजगढ फास्ट ट्रयाक नेपाल सरकारकै हुने बताएका छन् ।
काठमाडौं–निजगढ फास्ट ट्रयाक कसले निर्माण गर्ने भन्ने विषयमा विवाद चुलिरहेको बेला गृहमन्त्री निधीले यस्तो बताएका हुन् ।
फास्ट ट्रयाकका बारेमा धेरै विवाद गर्नुको कुनै औचित्य नरहेको बताउँदै उनले भने– ’नेपाल सरकारले बनाउने सबै कुराहरु नेपालकै हुन्, यसमा विवाद गर्नु राम्रो हुँदैन । हामी ग्लोबल टेन्डरमार्फत फास्ट ट्रयाक निर्माण कार्यलाई अघि बढाउँछौं। जसको लगानीमा बने पनि यो नेपाल सरकार कै हो ।’
यस अघि निधीले सुशील कोइराला नेतृत्वको सरकारमा भौतिक पूर्वाधारमन्त्री रहँदा सो फास्ट ट्रयाक भारतीय कम्पनीलाई दिनुपर्ने प्रस्ताव अघि सारेका थिए ।
फास्टट्रयाक भारतलाई दिने उक्त प्रस्तावपछि निधी विवादमा आएका थिए । त्यसपछि बनेको ओली सरकारले भने फास्ट ट्रयाकलाई स्वदेशी लगानी मै बनाउनु पर्ने निर्णय गरेको छ ।
यद्यपी अहिले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्डले पनि स्वदेशी लगानी मै फास्ट ट्रयाक बनाउने प्रतिबद्धता जनाएपनि गृहमन्त्री निधिको यस्तो तर्क आएको हो ।
![]() |

0 comments:
Post a Comment