var adfly_advert = 'banner';

दुई दिने शिक्षण संस्था बन्दको आव्हान, सम्बन्धन खारेज नगरे आन्दोलन जारी

प्लस टु र वोर्डिङ स्कुलहरुले शुल्क वढाएको विरोधमा विप्लव माओवादी निकट अखिल क्रान्तिकारी दाङले दुई दिने शिक्षण संस्था बन्दको आव्हान गरेको छ ।


प्लस टु र बोर्डिङ स्कुलहरुले मनपरी तरिकाले गरेको १० देखी ३० प्रतिशत शुल्क वृद्धिले आम जनतालाई समस्यामा पारेको भन्दै क्रान्तिकारीले भोलि र पर्सी शिक्षण संस्था बन्दको आव्हान गरेको हो ।


क्रान्तिकारीले निजी विद्यालय र प्लस टु ले शिक्षामा व्यापारीकरण गरेको र शिक्षा मन्त्रालयले सीबीएसईको पाठ्यक्रम संचालन गरिरहेका देशभित्रका शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिएको भन्दै आपत्ति जनाएको छ ।


बन्दको पूर्वसन्ध्यामा आइतबार घोराहीमा क्रान्तिकारीले प्रदर्शन समेत गरेको छ । विभिन्न कलेजहरुबाट निकालिएको विद्यार्थीहरुको ¥याली तुलसीपुर चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।


कोणसभामा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं राप्ती व्युरो इञ्चार्ज प्रकाश शाहीले आफूहरुको आन्दोलन विद्यार्थीको हकहित र अधिकारका पक्षमा भएको बताए ।


उनले भारतीय स्कूलहरुलाई सम्बन्धन दिएर राष्ट्रघात गरेको भन्दै तत्काल उक्त सम्बन्धन खारेज गर्न माग गरे । उनले भने –‘यदि खारेज गरिएन भने हाम्रो आन्दोलन जारी रहने छ ।’


कोणसभा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष हेमन्त जिसीको अध्यक्षतामा सम्पन्न भएको हो ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment