![]() |
उहिले बच्चा हुदा,
खेल्थिम म,दिदी र दाइ
माटो र ढुङ्गाको भाडाकुटी बनाई
अहिले बूढो हुदा
खेल्छन नेता-नेता
कुर्सी र सत्ताको भाडाकुटी लडाई
बेखबर भइ,
आफ्ना जनताहरुको दुख पीडा बाट
बाढिले माटोलाई बगाए झै बगाईरहेछन उनको जनता
पहिरोले मरेको लास भन्दा गहिरो पुरिहरेछन जिउदो उनको जनता
ईनार भन्दा गहिरो खाडलले डुबाईरहेछ्न उनको जनता
तर बेखबर छन
जसरी हामी बेखबर भै घरछेउको
तमने डाडामा एकतमसले भाडाकुटी खेल्थ्यौ
घरमा हामिलाई एकछाक मीठो ख्वाउन हतारिदै भोकै मेलापात जाने
हाम्री आमाको दुख
हामिलाई एकथान कपि कलम किनिदिन दिनभरि गोरु झै खेत्बारिमा
जोतिने बाबाको पीडा बाट.. बेखबर बेखबर भइ….

अलि ठूलो भए पछि मेरि कोमा हजुरले
भन्नुहुन्थ्यो”भाडाकुटी खेल्ने उमेर गयो
लाज हुन्छ बच्चाले पो खेल्छन”
कास आज मेरि कोमा हजुर यो सन्सारमा भैदिए
दिन्थे त्येतिखेर दिन नसकेको उत्तर
उ हेर्नुस्त! कोमा हजुर तपाईं जस्तै बूढो मान्छेहरु(नेताहरु) हामिले जस्तै
भाडाकुटी खेलिरहेछन त!!

0 comments:
Post a Comment