 |
मलेसियाको जोहरमा लुटेरा समुहको आक्रमण बाट शुक्रबार एक जना नेपाली श्रमिकको हत्या भएको छ । लुटेरा समुहले होस्टलको तीन तला बाट खसाउदा सुनसरी इटहरी ७ का नरेन्द्र चौधारीको मृत्यु भएको हो । राती को ड्युटी सकेर होस्टलमा रहेका चौधारी लाई लुटेरा समुहले दिउँसो ३ तला माथीबाट खसाएका थिए । तीन तला बाट खसेका चौधारी को घटना स्थलमै मृत्यु भएको थियो । लुटेरा हरु भने तत्कालै फरार भएका थिए । २६ महिना देखि मलेसियाको जोहर राज्यको पसिर गुडाङ आयर बिरु स्थित एक तेल प्याकेजिङ कम्पनीमा कार्यरत रहेका चौधारीको हत्या पछि सो कम्पनीमा कार्यरत ८० नेपाली तर्सित भनेका छन -मृतक चौधारीको टाउको र हातमा चोट लागेको छ । स्थानिय बासी लाई उदृत गर्दै सो कम्पनीमा कार्यरत भोजपुरका प्रकाश बस्नेत ले दिएको जानकारी अनुसार चौधारीलाइ २ जना तामिल मुलका लुटेराले आक्रमण गरेका थिए । लुटेराहरु कारमा फरार भएका र उनी हरु बारे थप जानकारी लिन नसकिएको हो । मृतक चौधारीको शब प्रहरीले नियन्त्रण मा लिएको छ । चौधारीको हत्या पछि त्रासिद बनेका नेपाली श्रमीकको सुरक्षामा ध्यान दिने कम्पनीले आश्बासन दिएको बस्नेतले जानकारी दिए । चौधारीका २ छोरी र श्रीमती रहेको बुझिएको छ । मलेसियामा लुटेरा समुहको आक्रमण मा धेरै नेपाली घाइते भै रहेको समयमा चौधारी को हत्या ले नेपाली श्रमिकको सुरक्षा मा थप चुनौती थपिएको छ ।
 |
About
butwaladvertisement
0 comments:
Post a Comment