![]() |
काठमाडौं, ३० साउन । भ्रष्टाचार तथा अख्तियार दुरुपयोग गर्नेहरुमाथि कारबाही गर्ने अधिकार पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुक्त आयुक्त लोकमानसिंह कार्कीको सम्पत्ति विवरण मागेका नौ जना युवालाई पक्राउ गरिएको छ । यद्यपी हाल उनीहरुलाई छाडिएको छ ।
दुई साता अघि कार्कीको सम्पति विवरण माग्दै डा. गोविन्द केसी सोलिडारिटी एलाइन्सकोतर्फबाट निवेदन दिएका नौ जना युवाहरु आइतबार निवेदनमाथिको कारबाहीबारे बुझ्न जाँदा अख्तियारको कार्यालयबाटै पक्राउ परेका हुन् ।
अख्तियार भित्र चार जना पसेर सूचना अधिकारीसँग कार्कीको सम्पति विवरण सम्बन्धमा दिएको निवेदनमा कारवाही भए नभएको सोधपुछ गर्दा सम्पति विवरण दिन नमिल्ने भनेपछि फर्केर बाहिर आउँदै गर्दा गेटबाट अन्य चार जनासहित नौ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा शशीविक्रम कार्की, भुपदेव शाह, विजय शिवाकोटी, केदार शिवाकोटी, टिना शिवाकोटी, सारा प्याकुरेल, रोहित क्षेत्री, अनन्त पन्त र राजु आले मगर रहेका छन् ।
![]() |

0 comments:
Post a Comment