![]() |
माओवादी केन्द्रमा मन्त्री बन्ने लर्कोमा लाम लागेपछि भाँडभैलो मच्चिएको छ । मन्त्रीका आकांक्षीहरु बढ्दै गएको र सबैलाई मन्त्री बन्नै पर्ने दबाबका कारण केन्द्रमा भाँडभैलो मच्चिएको हो ।
माओवादी केन्द्रले मन्त्री छान्न भन्दै पटक पटक हेडक्वाटर बैठक बोलाएर छलफल गर्दा पनि मन्त्री चयन गर्न नसकेको बेला आज आइतबार प्रचण्डले तीब्र विवादका बीच पाँच मन्त्रीको नाम छनोट गर्न पुगेका छन् । मन्त्रीको सूचीमा आफ्नो नाम नपरेको भन्दै माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सल्यानका सांसद् टेकबहादुर बस्नेतले प्रचण्डलाई पार्टी परित्याग गर्ने चेतावनी दिएका छन् । बस्नेतले प्रचण्डलाई आफूले दुई–दुई पटक चुनाव जित्दा पनि पार्टीले उचित मूल्याङ्कन नगरेको भन्दै पार्टी त्याग्ने धम्की दिएका छन् ।
उनले पार्टीमा रुकुम–रोल्पाको दादागिरी बढेको आरोप समेत लगाएका छन् ।
बस्नेतले प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुकुमका नेता जनार्दन शर्माको इसारामा चलेको आरोप समेत लगाएका छन् । केन्द्रमा जनार्दन शर्माको दादागिरिका कारण आफुले मन्त्री नपाएको बस्नेतको चर्को असन्तुष्टी रहेको छ । जनार्दन शर्माको कुरा सुनेर प्रचण्डले आफुलाई मन्त्री नबनाएको बस्नेतको गंभीर आरोप छ । ‘तपाइँ जनार्दनले पिशाव फेर भने फेर्ने, नफेर भने नफेर्ने हो ? प्रचण्डलाई बस्नेतले शुक्रबार यसो भन्दै हकारेका थिए–‘तपाईँको यो शैली ठीक छैन । तपाईँ जनार्दनको मान्छे भन्दा पनि पार्टीको अध्यक्ष हो ।’
टेकबहादुर बस्नेतले आफु दुई दुई पटक सल्यानबाट सांसद भएर चुनिएर आउँदासमेत मन्त्री बन्न नसकेको तर रुकुम र रोल्पाका नेताहरु पटक पटक मन्त्रीमा दोहोरिएकोमा आक्रोश व्यक्त गरेका छन् । ‘मैले दुईपटक चुनाव जित्दा पनि मूल्याङ्कन भएन । यहाँ रुकुम र रोल्पाको दादागीरी बढ्यो’ बस्नेतले प्रचण्डसँग् भनेका छन् –‘यस पटक पनि मेरो मूल्याङ्कन भएन भने पार्टीबाट राजीनामा दिन्छु ।’”
सरकार गठन भएको १० दिनपछि माओवादी केन्द्रले लामो विवादका बाबजुद आइतबार आफ्नो भागमा परेका ८ मध्ये ५ मन्त्रीको छनोट गरेको छ । आज सिफारिस गरिएका मन्त्रीमा जनार्दन शर्मा उर्जा, राम कार्की सूचना तथा संचार, डीआर पौडेल शिक्षा मन्त्री छनोट भएका छन् । त्यसैगरी भौतिक योजना तथा निर्माण मन्त्रीमा हितराज पाण्डे र कानुन मन्त्रीमा अजय शंकर नायक छनोट भएका छन् ।गा
![]() |

0 comments:
Post a Comment