![]() |
लामो समयको संघर्ष र दवाबपछि कतार सरकारले अन्तत: काफला सिस्टम खारेज गरेको छ। सरकारले आउँदो डिसेम्बर १३ तारिकदेखि लागू हुने गरि काफला सिस्टम खारेज गरेको अरबिक डेलीलाई उदृत गर्दै दोहा न्यूजले जनाएको छ।
सो समाचार अनुसार अब कतारमा बस्ने कामदारले आफूले चाहेको खण्डमा कतार जान पाउनेछन्। यसका कामदारले करार सम्झौता पत्रका आधारमा रोजगारी गर्न पाउने बताइएको छ भने रोजगारदाता कम्पनीले नो अब्जेक्सन प्रमाणपत्र दिनुपर्ने नियम हटाइएको छ। योसँगै अब कतारमा कामदारले खुल्ला रुपमा आवतजावत गर्न पाउनेछन्।
तर यसअघि कामदारले रोजगारदाताको बन्धनमा बाँधिनु पर्ने बाध्यता थियो भने रोजगारदाताकै कारण भिसा सकिएर स्वदेश फर्किएका धेरै कामदार दुई वर्षसम्म जान पाउँदैनथे।
अब यो नियम लागू भएपछि स्पोन्सरसिप सिस्टम समेत हट्नेछ भने कामदारले करार सम्झौता पत्रका आधारमा काम गर्न पाउनेछन्। यसका साथै कामको प्रकृति कामदारले कतार पुग्नु अगावै हस्ताक्षर गरेको हुनुपर्ने छ।
अहिले कतारमा काम गर्दै गरेका कामदारको हकमा पनि नयाँ सम्झौता लागू गरी सोही सम्झौता अनुरुप रोजगारदातासँग करारनामा गरिनेछ। यो सँगै कतार जान पर्खेर बसेका धेरै कामदाहरुलाई समेत तत्काल रोजगारीको ढोका खुल्ला भएको सिमा पासपोर्ट तथा आप्रवासी विभागका उपनिर्देशक व्रिगेडियर महमद अहमद अल अतिकले जानकारी दिएका छन्।
उनका अनुसार पुरानो नियम अब लागू नहुने भएपछि फर्किएकै भोलिपल्टै पनि नयाँ भिसामा कतार जान सक्नेछन्। यस्तै रोजगारदाता कम्पनीले कामदारको पासपोर्ट अनावश्यक राख्न नपाउने र राखेमा १० हजार देखि २५ हजार रियालसम्म जरिवाना तिर्नुपर्नेछ।
![]() |

0 comments:
Post a Comment