![]() |
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द पौडेलबीच बोलचाल नै बन्द भएको छ ।
अहिले दुई नेताबीच कसलाई सरकारमा पठाउने भन्ने विवादका कारण बोलचाल बन्द भएको हो । जसले गर्दा नेपाली कांग्रेसमा चरम संकट देखिएको छ।
बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो गुटबाट ४० प्रतिशत नेतालाई मन्त्री बनाउनुपर्ने माग गर्दै आएका छन् । तर पार्टी सभापति देउवाले उनको कुरालाई कुनै पनि वास्ता गरेका छैनन् ।
देउवाको वेवास्ताका कारण रामचन्द्र रिसाएका हुन् । काँग्रेस निकट स्रोतका अनुसार अहिले दुई नेतावीच टेलिफोनमा समेत कुराकानी हुन छाडेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलको विवाद उत्कर्षमा पुग्दा त्यसको असर नेविसंघको अधिवेशनमा समेत परेको छ ।
कांग्रेसले आफ्नो तर्फबाट मन्त्रीको नाम सिफारिस गर्न नसक्दा प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन् । जसले गर्दा प्रचण्ड समेत अप्ठ्यारोमा परेका छन् ।
![]() |

0 comments:
Post a Comment