![]() |
मन्दिरको वरिपरि बसेर हेरिरहेका बाबा र साधुलाई ढोगिहाल्ने बानी र आफ्नो मनको कुरा भनेर आशीर्वाद लिने चक्करले कतिजनाको पारिवारिक जीवन नै खत्तम हुन पुगेका घटना समाजमा धेरै पाइन्छन् । तर ती घटना प्रकाशमा आउँदैनन् । मलाई पनि एकचोटी बाबाले भनेका थिए, 'तिमीमा योगी बन्न सक्ने योग्यता छ, 'तर तिमीले आफ्नो परिवार त्यागेर लोग्नेलाई दाजु मान्नुपर्छ ।' बाबाको कुराले मलाई वाक्कदिक्क लाग्यो । म त्यो ठाउँमा जानै सकिनँ ।
तर पछिल्लो समयमा जब 'बाबा', 'योगी र बाबुहरूको अश्लील काम उनीहरूले किशोरी र महिलाहरूलाई गरेको यौनशोषण, यौन दुव्र्यवहार र ठगीका घटना देखेपछि 'बाबा'लाई देखेर मनमा श्रद्धा उब्जिनुको सट्टा धिक्कारको लाग्न थालेको छ ।
भारतका 'भगवान्' मानिने आशारामको किशोरी र महिलाको यौनशोषण गरेको समाचारले केही समयअघि आमसञ्चारमा निकै चर्चा पाएको थियो । नेपालबाट पनि कति महिला आशारामलाई ढोग्न जान्थे । अहिले ती भक्तजनको के हालात् भएको होला ?
के उनीहरू अहिले पनि बाबा रे बाबा, छिटो आएर हामीलाई मुक्ति दिनुस् भन्लान् कि ?
आशारामले २०१२ डिसेम्बर २६ मा एक युवतीमाथि बलत्कार हुँदा भनेका थिए 'यदि ती युवतीले सरस्वतीको मन्त्र पढेको भए, बलात्कारीलाई तिमीहरू मेरो दाजुभाइ हो, मलाई छोडिदेउ भनेको भए र केटा साथीसँग बसमा नचढेको भए उनको बलात्कार हुँदैनथ्यो' यस्ता बाबाको अश्लील बोली र विचार चिन्न कति लामो समय लागेको होला हाम्रो समाजमा ?
![]() |

0 comments:
Post a Comment