![]() |
इन्टरनेटको तीव्र विकास भएसंगै प्रविधिको क्षेत्रमा पनि धेरै परिवर्तनहरु भएका छन्। अहिले विश्व ग्लोवल भिलेजको रुपमा विकास भइसकेको छ। इन्टरनेटको प्रयोगले मानिसलाई विश्वका हरेक कुनाको अवस्थाबारे जानकारी दिनुका साथै हरेक ठाऊँका मानिससँग मित्रता समेत गास्ने मौका दिएको छ । मानिसहरू इन्टरनेटबाटै साथी बन्ने, प्रेम गर्ने र विबाह गर्ने सम्मका काम समेत गर्न थालिसकेका छन् ।
हुँदा हुँदा मानिसहरू डेटिङ समेत अनलाइनबाट नै गर्न थालिसकेका छन् । इन्टरनेटबाटै डटिङ गर्नका लागी मानिसहरूले विभिन्न खाले वेबसाइटहरू खोल्ने गर्छन् जसमा डेटिङ गर्न सकियोस् । डेटिङ गर्नका लागी कहिलेकाँही मानिसहरू यति उत्साहित हुन्छन् की उनीहरुले कोसँग र कसरी डेटिङ गरिरहेका छन् ती कुरा पनि विचार गर्दैनन् र डेटिङ गर्ने क्रममा उनीहरूलाई हुन सक्ने हानीका बारेमा समेत धेरै अनभिज्ञ हुने गरेका छन् ।
अनलाईन डेटिङ गर्दा यी सात कुरामा ध्यान दिनुहोस्
१. निशुल्क डेटिङ वेबसाइटमा नजाने: निशुल्क डेटिङ वेवसाइटहरूमा सकेसम्म लगइन नगर्ने । यस्ता निशुल्क डेटिङ वेवसाइटहरूले तपाईको सूचना लिने र त्यसलाई मिलाएर अन्य कुनै प्रयोजना लागि प्रयोग गर्न सक्छन् । यस्तै, यस्ता साइटहरूमा बच्चाहरू किशोरकिशोरीहरू तथा विबाहित मानिसहरू जसलाई डेटिङको आवश्यकता छैन् उनीहरू पनि रमाइलोका लागि आउने गर्छन् ।
२. अल्टरनेटिभ इमेलको प्रयोग गर्ने: सकेसम्म आफूले परिवार, अफिस तथा अन्य कामका लागी प्रयोग गर्ने इमेल अनलाइन डेटिङका लागी प्रयोग नगर्नु राम्रो हुन्छ । सकेसम्म अल्टरनेटिभ इमेलको प्रयोग गर्दा तपाईलाई त्यहाँबाट आउने मेलहरूले तपाईको परिवार, अफिस र अन्य कामका लागि प्रयोग गरिने इमेलमा असर गर्दैन ।
३. इमान्दार हुनुहोस्: अनलाइन डेटीङ गर्दा सकेसम्म इमान्दार बनेर डेटिङ गर्नु राम्रो हुन्छ । आफ्नो उमेर, उचाई, विचार, भनाई, हबी, मनपर्ने/नपर्ने कुराहरूबारे इमान्दार भएर अरूलाई जानकारी दिनुस् । सकेसम्म आफ्ना भर्खरैका तस्विरहरू राख्नुस् । यसले तपाईप्रति डेटिङ गर्नेको मनमा राम्रो छाप पर्न जान्छ ।
४. विबाहित मानिससँग टाढा रहनुस्: अनलाइन डेटिङ गर्दा सकेसम्म आफूलाई विबाहित मानिससँग टाढा रहनु राम्रो हुन्छ । यसले तपाई मात्र नभइ तपाईसँग डेट गर्ने मानिसको जीवनमा पनि थप सकंट आउन सक्छ । डेटिङका क्रममा विबाहित मानिस भनेर कसरी चिन्ने भन्ने समस्या आउने गर्छ यसका लागि उनका गतिविधीहरू नै विचार गर्नुपर्छ । विवाहित मानिसहरू प्राय अनलाइनमा लामो समय पछी आउने गर्छन् र नियमित समयभन्दा फरक समयमा आउने गर्छन् । कहिले एकैछिनमा अफलाइन हुने तथा कहिले रातभर पनि च्याटमा नै व्यस्त रहने खालमा मानिसहरू विवाहित हुन् भन्ने आशंका गर्न सकिन्छ। उनीहरू सकेसम्म आफ्नो पार्टनरलाई छलेर डेटिङ गरिरहेका हुनाले उनीहरूको समय र व्यवहार फरक हुन्छ ।
५. लेखाइमा ध्यान दिनुस्: अनलाइन डेटिङका क्रममा सकेसम्म आफूले लेखेका शब्दहरू ठीक तरिकाले प्रयोग भएका छन् या छैनन् विचार गर्नुस् । कहिलेकाँही शब्द लेख्दा गलत अर्थ दिने खालका शब्द टाइप हुन सक्छन् जसले तपाईप्रति तपाईसँग डेटिङ गर्नेको विचार बदलिन सक्छ।
६. आफ्नो प्रोफाइल बारम्बार अपडेट गर्ने: सकेसम्म तपाईले आफ्नो प्रोफाइल बारम्बार अपडेट गर्नु राम्रो हन्छ । यसले तपाईका बारेमा तपाईलाई खओज्ने मानिसले राम्रा सूचना पाउँछन् । तपाईप्रति अरूको विश्वास समेत बारम्बार प्रोफाइल अफडेट गर्दा बढ्छ ।
७. कसैलाई भेट्न जाँदा विचार पुर्याउनुस्: अनलाइन डेटीङबाट साथी बनेकालाई भेट्न जाँदा विचार गर्नुस् । सकेसम्म एक्लै उसलाई भेट्न नजानुस् । उनीहरूको नियत बारे तपाई बेखबर हुने हुनाले उनीहरूको सहजै विश्वास गर्न सकिन्न त्यसैले अनलाइनबाट डेटिङ गरिरहेका मानिससँग भेट गर्न जाँदा एक्लै नजाँदा राम्रो।
.
![]() |

0 comments:
Post a Comment