![]() |
उक्त जेटमा मलेसियाली राजा सुल्तान जोहर इब्राहिम इस्माली र उनकी पत्नी राजा जारिथ शोफिया थिइन् । उनीहरु विहीबार सुनको जहाज चढेर अष्ट्रेलियाको पर्थ पुगेको सिन्हुवा समाचार समितिले जनाएको छ ।
५७ वर्षीय सुल्तानले आफू र आफ्नी पत्नीले पश्चिम अष्ट्रेलियामा लामो विदा मनाएको बताएका छन् । त्यहाँ मानिसहरुले ख्याल नगर्ने भएकाले त्यहाँ विदा मनाउन गएको उनले बताए ।
इस्माली आफ्नो सुनौलो बोइङ 737 जेट चढेर पश्चिम अष्ट्रेलिया पुगेका थिए । विमानलाई १०० मिलियन अमेरिकी डलर पर्ने अनुमान गरिन्छ ।
उनको पर्थमा ३ तल्ले विशाल बंगला पनि छ । उनले ६ दशमलव ५ मिलियन डलरमा अष्ट्रेलिया सरकारसँग यो खरिद गरेका थिए । इस्मालीको कूल सम्पति १ अर्व डलर भन्दा बढी भएको विश्वास गरिन्छ ।
![]() |

0 comments:
Post a Comment